गठ्ठाघरको रहस्यमयी दुर्घटना: ट्राफिक प्रहरीले के लुकाइरहेको छ?

गठ्ठाघरको रहस्यमयी दुर्घटना: ट्राफिक प्रहरीले के लुकाइरहेको छ?

भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटर चालक उत्तम कोइरालाको मृत्यु भएपछि गृहमन्त्री रमेश लेखकले घटनाको गम्भीर छानबिन गर्न प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई निर्देशन दिएका छन्। दुर्घटना पछि स्थानीयले ट्रकमा तोडफोड गर्दै मूल सडक अवरुद्ध पारे, जसलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो।

स्थानीयले ट्राफिक प्रहरीले जथाभावी गाडी रोकेर चेकजाँच गर्दा दुर्घटना भएको आरोप लगाएका छन्। तर, प्रहरीले भने उक्त दिन गाडी रोकेर चेकजाँच नगरेको दाबी गरेको छ। ट्राफिक प्रहरीका एसएसपी श्रेष्ठका अनुसार, उक्त क्षेत्रमा स्पीड गनमार्फत सवारीको गति अनुगमन मात्र गरिएको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, ट्राफिक प्रहरीले गति जाँच गरिरहेको थाहा पाएपछि ट्रकले अचानक गति घटाउँदा स्कुटर अनियन्त्रित भएर ट्रकमुनि छिरेको हो।

ट्राफिक चेकिङ्गसँग सम्बन्धित केही प्रश्नहरू उठेका छन्:

१. ट्राफिक चेकिङ्गको मापदण्ड के हो? केहि गल्ति देखिए चेकिङ्ग गर्ने कि जहापायो त्यहाँ ट्राफिक जाम हुने गरि चेकिङ्ग गर्ने? राजधानीका सडक लगायत मोफसलमा ट्राफिक चेकिङ्ग गरिरहेका प्रहरीहरू छन्, जसले कहिलेकाहीँ ट्राफिक जामको अवस्था सिर्जना गर्न सक्छ।

२. मानिसहरूले गुनासो गरेका छन् कि ट्राफिक प्रहरीले ढुकेर तथा लुकेर बस्ने गरेको, र गल्ति गर्ने बित्तिकै कारबाही गर्न लागिपर्ने गरेको छ। उदाहरणका लागि, वन वे मा छिर्ने ठाउँअगाडि नै प्रहरीले सूचना दिए गल्ती गर्नबाट बच्न सकिन्थ्यो, जसले कारबाही गर्नु आवश्यक पर्दैनथ्यो।

यी प्रश्नहरूलाई ध्यानमा राख्दै, ट्राफिक प्रहरीको चेकिङ्ग प्रक्रियामा पारदर्शिता र सुधार आवश्यक देखिन्छ। यसबारे थप अनुसन्धान गर्न सीसीटीभी फुटेज हेरिने एसपी विष्टले बताएका छन्।

संम्बधित खबर