समाचार

मधेसमा अत्यधिक सम्मान पाएपछि गृहमन्त्रीले दिए यस्तो प्रतिक्रिया

मधेसमा अत्यधिक सम्मान पाएपछि गृहमन्त्रीले दिए यस्तो प्रतिक्रिया

जनकपुरधाम: गृहमन्त्री रमेश लेखकले प्रदेशका प्रहरी समायोजनसम्बन्धी समस्या समाधान गर्न संघीय प्रहरी कानुन संसोधन गरी नयाँ कानुन बनाउने तयारी भइरहेको बताएका छन्।

सिराहा र धनुषामा आयोजित विभिन्न कार्यक्रमहरूमा सहभागी हुन जनकपुरधाम आएका गृहमन्त्री लेखकले जनकपुर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रहरी कानुनको संशोधनको प्रस्ताव अर्थ मन्त्रालयमा पठाइसकिएको जानकारी दिए। विभिन्न मन्त्रालयहरूको सहमति पछि सो प्रस्ताव संसदमा पेस गरिनेछ।

उनले संघीय प्रहरी ऐनमा परिमार्जन गरी प्रदेश प्रहरीको गठन र समायोजनको कामलाई तीव्रता दिइने उल्लेख गरे। गृहमन्त्री लेखकले वर्तमान सरकार शान्ति, सुव्यवस्था, र विधिको शासन कायम गर्न कुनै सम्झौता नगर्ने बताए।

उनले राजनीतिक स्थिरता, आर्थिक विकास, र संघीय लोकतान्त्रिक व्यवस्थाको संरक्षणका लागि सरकार प्रतिबद्ध रहेको र संविधानको कार्यान्वयनमा निरन्तर अघि बढिरहेको बताए।