राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ मा सञ्चालन गर्ने निर्णय!

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा आगामी असोज ७ र ८ गते सञ्चालन गर्ने निर्णय गरेको छ। यसअघि परीक्षा भदौ २८ र २९ गतेका लागि तय गरिएको थियो, तर देशको हालको परिस्थितिलाई ध्यानमा राखी तालिका संशोधन गरिएको बोर्डले जनाएको छ।
नयाँ तालिका अनुसार असोज ७ गते अनिवार्य अङ्ग्रेजी (कोड ००४१) को परीक्षा हुनेछ। सोही दिन एक मात्र विषयमा पूरक परीक्षा दिने विद्यार्थीका लागि सबै विषयको परीक्षा सञ्चालन हुनेछ। दुई विषयमा परीक्षा दिने विद्यार्थीका लागि भने पहिलो दिन अनिवार्य अङ्ग्रेजी र दोस्रो दिन अनिवार्य नेपाली (कोड ००२१) परीक्षा दिनुपर्नेछ।
असोज ८ गते दुई विषयमा परीक्षा दिने विद्यार्थीका लागि आफूले रोजेको विषयमध्येको ठूलो कोड नम्बर भएको विषयको परीक्षा सञ्चालन हुनेछ। यस दिन पनि अनिवार्य अङ्ग्रेजी (००४१) विषयको परीक्षा हुनेछ भन्ने स्पष्ट पारेको छ।
बोर्डका अनुसार परीक्षा केन्द्रहरूको निर्धारण पहिले नै गरिसकिएको छ, र सम्पूर्ण प्रक्रिया निर्धारित तालिकाअनुसार सञ्चालन हुने छ। देशको असामान्य परिस्थितिले तालिका परिवर्तन भए पनि बोर्डले विद्यार्थीहरूको पढाइ र भविष्यलाई प्राथमिकता दिँदै पुनः समय तालिका सार्वजनिक गरेको जनाएको छ।
शैक्षिक जीवनमा यस्तो अवरोध चुनौतीपूर्ण भए पनि निर्धारित मितिमा परीक्षा सम्पन्न हुँदा विद्यार्थीहरूका लागि बाटो खुलेको संकेत देखिन्छ।