ध्रुवप्रसाद सापकोटा घुस रकमसहित पक्राउ, विशेष अदालतमा मुद्दा दायर
काठमाडौं, १० जनवरी । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अछामको मेल्लेख गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ध्रुवप्रसाद सापकोटाविरूद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।
सापकोटा मेसिनरी सामान खरिदसम्बन्धी उजुरीमाथि छानबिन भइरहेका बेला एक लाख रूपैयाँ घुस रकमसहित पक्राउ परेका थिए। उनले मुद्दा मिलाइदिनका लागि स्वेच्छाले रकम ल्याएको बयान दिएका छन्। आयोगले सापकोटाविरूद्ध बिगो माग गर्दै मुद्दा दायर गरेको हो।