समाचार

औषधि व्यवस्था विभागले प्रतिबन्धित औषधिको बिक्री रोक्न चेतावनी

औषधि व्यवस्था विभागले प्रतिबन्धित औषधिको बिक्री रोक्न चेतावनी

काठमाडौं, १० जनवरी । औषधि व्यवस्था विभागले प्रतिबन्धित र दर्ता नभएका औषधिहरूको बिक्री वितरण रोक्न चेतावनी दिएको छ। विभागले स्वास्थ्य मन्त्री प्रदीप पौडेलको निर्देशनमा अनुगमन कडा बनाउने निर्णय गरेको हो।

विभागले सार्वजनिक सूचना जारी गर्दै, चिकित्सक र औषधि विक्रेताहरुलाई दर्ता नभएका, प्रतिबन्धित औषधिहरू बिक्री नगर्न भनेको छ। यदि यस्ता औषधिहरू बिक्री भएमा कानूनी कारबाही गरिने चेतावनी पनि दिएको छ।