बारामा १० किलो गाँजासहित तीन भारतीय नागरिक पक्राउ
बाराको प्रसौनी गाउँपालिका ५ स्थित प्रष्टोकाबाट प्रहरीले १० किलो गाँजासहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा उत्तर प्रदेशको कुशीनगर, थाना पटेर्वा, ग्राम पंचायत जबरा बजार निवासी ३८ वर्षीय चालक धर्मेन्द्र गुप्ता, शिवान थाना नौतन, ग्राम पंचायत सेमरा निवासी ४८ वर्षीय चन्द्रभान कुशवाहा, र लखनऊ नगरपालिका, सरोजीनगर, ट्रान्सपोर्ट नगर निवासी ३२ वर्षीय चन्द्रभान श्रीवास्तव रहेका छन्।
प्रहरी निरीक्षक सुरेशराज भट्टको नेतृत्वमा खटिएको प्रहरी टोलीले भारतीय बोलेरो गाडीमा १० किलो गाँजा भेट्टाएको हो। युपी ३२ बिएक्स ४७२६ नम्बरको बोलेरो गाडीमा सेतो प्लास्टिकमा प्याक गरिएको गाँजा फेला परेको छ।
प्रहरीले पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक कानूनी कारबाहीको प्रक्रिया अघि बढाउँदै बाराको जिल्ला अदालतबाट म्याद लिएर थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।