समाचार

संघीय संसद अन्तर्गत तीन समितिहरूको बैठक आज सिंहदरबारमा बस्दै

संघीय संसद अन्तर्गत तीन समितिहरूको बैठक आज सिंहदरबारमा बस्दै

काठमाडौँ । संघीय संसद्अन्तर्गत आज विभिन्न तीनवटा समितिको बैठक सिंहदरबारमा बस्दै छ। आइतबार बिहान ११ बजे अर्थ समितिको बैठक बस्ने छ। बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवाला र विज्ञहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ।

त्यसैगरी, राज्य व्यवस्था तथा सुशासन समितिको बैठक दिउँसो सवा १२ बजे सिंहदरबारमा बस्ने छ। बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ।

विधायन व्यवस्थापन समितिको बैठक पनि बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने छ। बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ।