समाचार

रवि लामिछानेको आज जिल्ला अदालत काठमाडौंमा थुनछेक बहस

रवि लामिछानेको आज जिल्ला अदालत काठमाडौंमा थुनछेक बहस

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आज जिल्ला अदालत काठमाडौंमा थुनछेक बहस हुने भएको छ। लामिछाने अहिले काठमाडौंको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा प्रतिवादीका रूपमा उपस्थित छन्।

यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्धको तीन महिनाको अनुसन्धान र थुनछेक बहस पछि, न्यायाधीश नितीज राईको इजलासले उनलाई ६५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। कास्की जिल्ला अदालतका न्यायाधीश राईको आदेश अनुसार, लामिछानेले ६५ लाख रुपैयाँ धरौटी बुझाएर प्रहरी हिरासतबाट छुटेका थिए।

त्यसैगरी, उनलाई अदालतमा आफैं उपस्थित हुनका लागि कागजात तयार गरेर परिवारको जिम्मामा छोडिएको थियो। आजको बहसमा के निर्णय आउने हो, भन्ने कुरा सबैको ध्यान केन्द्रित भएको छ।