अमेरिकामा भिषण आगलागी: मृत्यु संख्या १६, लाखौं डलरको क्षति

लस एन्जलस – अमेरिकाको क्यालिफोर्निया राज्यमा भएको भिषण आगलागीमा मृत्यु हुनेको संख्या १६ पुगेको छ। सिएनएनका अनुसार इटन र पालिसेडेसमा भएका आगलागीहरूमा मृत्यु हुनेको संख्या १६ पुगेको हो।
लस एन्जलस काउन्टी मेडिकल परीक्षकका अनुसार, आगलागीका कारण मृत्यु भएका पाँच जना पालिसेडेस र ११ जना इटनमा भएका घटनामा परी मृत्यु भएको देखिन्छ।
अहिलेसम्म ४५ हजार एकडमा आगलागी फैलिएको छ र ३० हजार एकड क्षेत्र पुर्ण रूपमा ध्वस्त भएको छ। आगलागीका कारण करिब १२ हजार घरमा क्षति पुगेको छ, जसका कारण हलिउडका धेरै ठूला सेलेब्रिटीका अर्बौं मूल्यका घरहरू पनि प्रभावित भएका छन्।
यो आगलागीले क्यालिफोर्नियाका लागि ठूलो प्राकृतिक प्रकोपको रूपमा उत्पन्न भएको छ र राहत तथा पुनर्निर्माण कार्यहरू तीव्र गतिमा चलिरहेका छन्।