समाचार

"एलन मस्कको नयाँ योजना: टिकटक खरिदको तयारी"

"एलन मस्कको नयाँ योजना: टिकटक खरिदको तयारी"

एलन मस्कले अर्को सामाजिक सञ्जाल टिकटक खरिद गर्ने योजना बनाइरहेका छन्।

२०२२ मा उनले ट्विटरलाई ४४ अर्ब डलरमा खरिद गरेपछि, अब चिनियाँ एप टिकटकमा चासो देखाएका हुन्। अमेरिकाले टिकटकलाई सुरक्षा खतरा भन्दै प्रतिबन्ध लगाउने तयारी गरिरहँदा मस्कले यसलाई खरिद गरेर चलाउन सक्ने अनुमान गरिएको छ।

अमेरिकामा टिकटकका १७ करोड प्रयोगकर्ता छन्। जनवरी १९, २०२५ देखि प्रतिबन्ध लाग्न सक्ने खबर छ। तर मस्कले खरिद गरेमा टिकटक प्रतिबन्धबाट जोगिन सक्छ।

यो कदमले टिकटकमा नयाँ विशेषता र सुधार ल्याउन सक्छ। टिकटकले मस्कको प्रस्तावबारे अहिलेसम्म प्रतिक्रिया दिएको छैन।