शहीदका सपना पूरा गर्न दाहालको प्रतिबद्धता! के उनले सक्नेछन्?

काठमाडौं, १६ माघ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले शहीदका अधुरा सपनाहरू पूरा गर्ने दृढ प्रतिज्ञा व्यक्त गरेका छन्। शहीद दिवसको अवसरमा शुभकामना दिँदै उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ गर्दै समाजवादउन्मुख राज्य निर्माणतर्फ अघि बढ्ने प्रेरणा दिन्छ भन्ने विश्वास व्यक्त गरे।
फेसबुकमार्फत भावुक सन्देश जारी गर्दै दाहालले लखन थापादेखि राणाशासन, पञ्चायत, जनयुद्ध तथा उत्पीडित समुदायका हकमा भएका विभिन्न आन्दोलनका शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गरे। उनले शहीद दिवसलाई लोकतन्त्रको मजबूतीका लागि मार्गदर्शन गर्ने महत्त्वपूर्ण अवसरका रूपमा वर्णन गर्दै आफू सधैं क्रियाशील रहने प्रतिबद्धता दोहोर्याएका छन्।