समाचार

मधेसमा पुरानो साइकल चिनिया दुतावासले बितरण गरेको आरोप

मधेसमा पुरानो साइकल चिनिया दुतावासले बितरण गरेको आरोप

अनिल तिवारी
वीरगन्ज,माघ १७
 चिनिया दुतावासले मधेसमा पुरानो साइकल बितरण गरेको खुलासा भएको छ । एक हप्ता अगाडि मधेसको एकमात्र महानगरपालिकाको रुपमा रहेको वीरगन्ज महानगरपालिकामा चाइनिज साइकल बितरण गरिएको थियो ।बिरतण गरिएको साइकल देख्दा नया र चमकिलो भएपनि प्राविधिक रुपमा त्यसका पार्टसहरु पुरानो भएको बिद्यार्थीहरुको आरोप छ । वीरगन्ज महानगरपालिकाको समन्वयमा वीरगन्ज महानगरपालिका वार्ड नम्बर १५ स्थित श्री नरसिंह माध्यमिक विद्यालयमा एक कार्यक्रम गरि चाइना फाउन्डेशन फर रुरल डेभलपमेन्टको नेपाल कार्यालयले विद्यार्थीहरुलाई साइकल बितरण गरेको थियो । विद्यालयमा आयोजित साइकल बितरण कार्यक्रममा चाइनिज दुतावासका कन्सुर वांग सिनको विशेष उपस्थिती र वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तीयाज आलमको प्रमुख आतिथ्यमा दुइ सय साइकल  बितरण गरिएको  जनाइएको थियो ।
बिद्यार्थीहरुलाई बितरण गरिएको उक्त चाइनिज साइकल मध्ये कतिपय साइकलका पार्टसहरु प्राविधिक रुपमा पुरानो र कमसलभएको  बिद्यार्थीहरुको आरोप छ ।देख्ता नया र चमकिलो देखिने चाइनिज साइकलको ब्रेकवायर छिटै भाचिने,ब्वल वैरिगंहरु पुरानो भएको कारण साइकल प्रयोग भन्दावढी बिग्रीने गरेको नरसिंह विद्यालयका  एक बिद्यार्थीले गुनासो गरे । उनले भने,‘साइकल नया छ ,तर यसको ट्युर र ब्रेकवायरहरु कमशल भएकोले मिस्त्री कहा देखाउदा पुरानो साइलकलाई पेन्ट गरिएको जस्तो देखियो,हामि त नया साइकल पाएको भन्दै दगं भएका थियौ । ’सवै साइकल नभइ ,केहि साइकलको बारे केहि विद्यार्थीहरुले गुनासो गरेकोे विद्यालयका एक शिक्षकले बताउनु भयो । तर विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष रामनारायण कुर्मिले विद्यालयमा बिरतण गरिएको सवै साइकल नया भएको दाबी गर्नुभयो ।
मुख्य रुपमा  मिधेस प्रदेशमा सक्रियता बढाउन चाइना दुतावास केहि समय यता आफ्नो सक्रिय बढाएको छ ।जस अन्र्तगत विभिन्न व्यापारको वहाना देखि मधेसी जनताको समाजिक तथा शैक्षिक उथ्थानका लागी विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई वैगं देखि साइकल विरतण समेतको कार्यक्रलमा गर्न थालिएको छ । मधेस प्रदेश सरकारले विगतमा चलाइएको साइकल बितरण कार्यक्रमको लोकप्रियतालाई देखेर चाइना दुतावासले पनि यो प्रदेशको बालबालिकलाई साइकल बिरतण कार्यक्रम सुरु गरेको हो । तरसुरुमै  बितरण गरिएको साइलकल पुराना र कमसल भएको आरोप लागे पछि  उसका पछिला साइकल बितरण कार्यक्रमहरु ओझेलमा परेका छन ।

ADVERTISEMENT