"प्रचण्डले टाउकै फुटाए पनि सरकार अडिग! एमाले नेताको ठोकुवा"
काठमाडौं - एमाले युवा नेता राम प्रसाद रिजालले नेपाल आज सँगको कुराकानीमा नेकपा (माओवादी) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्रीविरुद्ध जति संघर्ष गरे पनि वर्तमान सरकार नढल्ने दाबी गरेका छन्। उनले वर्तमान सरकारलाई अस्थिर बनाउने कोसिस भइरहेको बताउँदै, एमाले नेतृत्व बलियो रहेको दावी गरे।
ओलीको निडर नेतृत्व र भ्रष्टाचारीहरूमाथि कारबाही
रिजालका अनुसार, प्रधानमन्त्री केपी शर्मा ओलीको दृढ नेतृत्वका कारण भ्रष्टाचारीहरू आत्तिएका छन्। उनले ओली जस्तो निडर, इमानदार र स्वच्छ छविको प्रधानमन्त्री राष्ट्रका लागि आवश्यक रहेको उल्लेख गरे। रिजालले ओली सत्तामा आएपछि भ्रष्टाचारमा संलग्न व्यक्तिहरूको निद्रा हराएको र अब कानुनी कारबाहीबाट बच्न नसक्ने चेतावनी दिए।
ओली–उपेन्द्र यादवको गोप्य भेटबारे खुलासा
प्रधानमन्त्री ओली र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच बालुवाटारमा भएको गोप्य भेटबारे पनि रिजालले प्रष्ट पारे। उनले उक्त भेटवार्ता सरकारलाई थप मजबुत बनाउने उद्देश्यले भएको भन्दै यसबारे अनावश्यक हल्ला फैलाउन जरुरी नभएको बताए।
उनले कतिपयले चैत मसान्तसम्म सरकार ढल्ने दाबी गरे पनि वास्तविकता फरक रहेको बताए। उनका अनुसार, वर्तमान सरकार आगामी निर्वाचनसम्म निरन्तर टिक्नेछ र परिवर्तनको चर्चा २०८४ सालको निर्वाचनपछि मात्र गर्न सकिनेछ।
"एमालेभित्र भ्रष्टाचारी छैनन्!"
रिजालले एमाले पार्टीभित्र कुनै भ्रष्टाचारी नरहेको दाबी गर्दै, यदि कोही भ्रष्टाचारमा संलग्न देखिए भने ती जोसुकै भए पनि उन्मुक्ति नपाउने बताए। उनका अनुसार, पार्टीले इमानदार नेतृत्वलाई प्राथमिकता दिने र कुनै पनि भ्रष्ट आचरणलाई कडा कारबाही गर्ने नीति अवलम्बन गरिरहेको छ।
उनको दाबी अनुसार, सरकार ढल्ने हल्ला निराधार हो, एमालेभित्र अनुशासन मजबुत छ, र प्रधानमन्त्री ओलीको नेतृत्वमा देशलाई सही मार्गतर्फ डो-याउने प्रयास भइरहेका छन्।