आकाशमै भीषण टक्कर! अमेरिकी विमान र सेनाको हेलिकोप्टर ठोक्किँदा १८ को मृत्यु

वासिंगटन डीसी नजिकै आकाशमा भयावह दुर्घटना भएको छ। अमेरिकन एयरलाइन्सको यात्रुवाहक विमान र सेनाको प्रशिक्षण हेलिकोप्टर ठोक्किँदा १८ जनाको ज्यान गएको छ।
घटनास्थल रिगन वासिंगटन नेशनल एयरपोर्ट नजिकै पोटोम्याक नदीको आकाशमा रहेको थियो। उद्धार टोलीले नदीबाट विमानका टुक्रा र हेलिकोप्टरको भग्नावशेष फेला पारेको छ।
विमानमा ६० यात्रु र चालक दलका चार सदस्य सवार थिए भने सेनाको हेलिकोप्टरमा तीन जना रहेको जनाइएको छ। विमान अवतरणको क्रममा रहँदा र हेलिकोप्टर प्रशिक्षण उडानमा रहेका बेला दुबै ठोक्किएको अधिकारीहरूले बताएका छन्।
दुर्घटनापछि उद्धार कार्य जारी छ, जबकि दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।