समाचार

"सोनाम ल्होसार धमाका! आजको दिन किन विशेष छ?"

"सोनाम ल्होसार धमाका! आजको दिन किन विशेष छ?"

आज माघ शुक्ल प्रतिपदा, तामाङ समुदायले उत्साहपूर्वक सोनाम ल्होसार मनाउँदै!

नेपालभर आज सोनाम ल्होसार हर्षोल्लासका साथ मनाइँदै छ। हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विशेष कार्यक्रमसहित यो पर्व मनाउने परम्परा छ। १२ वर्षको चक्रमा आधारित यो पर्व मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा विभाजित छ। पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षलाई स्वागत गर्न धार्मिक तथा सांस्कृतिक विधिअनुसार यो पर्व मनाइन्छ।

ल्होसारमा भूमिपूजा, कूलपूजा, दानदक्षिणा, ढोगभेट, नाचगान, विशेष परिकारको भोज, तथा शुभकामना आदानप्रदान गर्ने चलन छ। तामाङसहित ह्योल्मो, थकाली, जिरेल, भोटे, लेप्चा लगायतका समुदायले आ-आफ्नो परम्परा अनुसार यो पर्व धुमधामसँग मनाउँछन्।

विशेषगरी बागमती प्रदेशका तामाङ बाहुल्य जिल्लाहरूमा यसको विशेष रौनक देखिन्छ। राजधानी काठमाडौंका टुँडिखेल, बौद्ध, स्वयम्भू लगायतका स्थानहरूमा भव्य कार्यक्रमको आयोजना गरिएको छ। यस अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ।