समाचार

सरकार र मन्त्री कहाँ छन् भन्दै सीके राउतले गरे संसदमै प्रश्न

सरकार र मन्त्री कहाँ छन् भन्दै सीके राउतले गरे संसदमै प्रश्न

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले सरकार खोज्नुपर्ने अवस्था आएको बताएका छन् । आज प्रतिनिधिसभाको बैठकमा बोल्दै राउतले सरकार गठन भएको ६ महिना भइसक्दा पनि जनताको पहुँच हुन नसकेको टिप्पणी गरेका हुन् । 
उनले भने, ‘हामीले पनि समर्थन नै दिएका छौँ । सरकार कहाँ छ, मन्त्री कहाँ छ भन्ने खोज्नुपर्ने अवस्था थियो, एउटा राष्ट्रिय अध्यक्षले सिंहदरबारमा समय माग्दा दिन सक्नुहुन्न भने 


आमजनताको पहुँच के मा छ ?’
उनले सिंहदरबारमा १५ दिनसम्म पनि सांसदले मन्त्री भेट्न नसकेको गुनासो गरे । ‘आम जनता पनि सिंहदरबारमा छिर्न पाउँछन्, आफ्ना कुरा राख्न पाउँछन् भन्ने सुनेका थियौँ । तर, उल्टो भयो । अधिकांश मन्त्रीहरूसँग परिचय पनि भएको छैन । चिनेका पनि छैनौँ, कामको त कुरा छाडौँ,’ उनले भने । उनले यस्तो अवस्था सच्याउनुपर्ने बताए ।
साथै  उनले संसद् सञ्चालनको साँचो सरकारले बोक्ने गरेको बताए । उनले सरकारले साँचो नै सरकारले बोक्ने हुँदा संसद सुचारु हुन ढिलाइ हुने गरेको बताए ।उनले न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका छुट्टै र स्वतन्त्र हुने सोचे पनि सोहीअनुसार काम नहुने गरेको बताए ।

‘संसद किन खुलिरहेको छैन भनेर सोच्दा । हामी त शक्ति पृथकीकरण भन्छौँ । व्यवस्थापिका छुट्टै, कार्यपालिका छुट्टै, न्यायपालिका छुट्टै स्वतन्त्र रुपले चल्नसक्ने भनेर मान्छौँ । तर यहाँ हुँदा के रहेछ भने संसद्को पनि साँचो कतै न कतै सरकारले नै बोक्दो रहेछ,’ राउतले भने ।

ADVERTISEMENT