समाचार

गगन थापाले सहकारी पीडितलाई भेट्न इन्कार गरेपछि,हात हालाहाल

गगन थापाले सहकारी पीडितलाई भेट्न इन्कार गरेपछि,हात हालाहाल

पोखरा, ४ जनवरी – दुई दिने राजनीतिक भेटघाटका लागि पोखरा आएका नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहकारी पीडितलाई भेट्न इन्कार गरेका छन्। कांग्रेस कास्कीको पार्टी कार्यालयमा आइतबार दिनभर राजनीतिक भेटघाटमा व्यस्त रहेका महामन्त्री थापाले सहकारी पीडित संघर्ष समिति कास्कीका संयोजक र सूर्यदर्शन सहकारी संचालक समितिका अध्यक्ष किरण श्रेष्ठलगायतका पीडितहरुलाई भेट्न अस्वीकार गरेका हुन्।

महामन्त्री थापाले भेट्न इन्कार गरेपछि किरण श्रेष्ठले थापालाई नभेटी फर्किएका थिए। स्थानीय बासिन्दाहरूका अनुसार, थापाले सहकारी मुद्दासँग सम्बन्धित पक्षलाई अदालतमा चलिरहेको कारण भेट्न असमर्थता जनाएका छन्।

यसैबीच, गगन थापाले संसदमा रवि लामिछानेबिरुद्ध यथेष्ट प्रमाण भएको बताएका थिए। त्यसपछि, राष्ट्रिय स्वतन्त्र पार्टी समर्थित पीडितहरूले प्रमाण खोज्न थापासँग भेट्ने प्रयास गरे। कांग्रेस कास्कीको कार्यालय अगाडि सहकारी पीडित र कांग्रेस कार्यकर्ताबीच केहीबेर हात हालाहाल भएको थियो।