दैलेखमा प्रेम सम्बन्धका कारण दुई किशोर किशोरीको रहस्यमय मृत्यु, अनुसन्धान जारी
दैलेख, ५ जनवरी – दैलेख जिल्लाको भगवतीमाई गाउँपालिका–४, मन्घर टोलका १७ वर्षीया शर्मिला थापा र १७ वर्षका मानसिंह विक घरबाट भागेपछि एक हप्ता पछाडि मृत अवस्थामा फेला परेका छन्। शनिबार ९ पुष घरबाट भागेका ति किशोर - किशोरीको शव एक जङ्गल क्षेत्रमा भेटिएको छ, जहाँ उनीहरूको मृत्यु भएको प्रारम्भिक अनुमान गरिएको छ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख, डीएसपी सुनिल दाहालले घटनाबारे जानकारी दिँदै भने, ूशर्मिला र मानसिंह बीच प्रेम सम्बन्ध रहेको र उनीहरूलाई परिवारबाट बिहे गर्न नदिएको कारणले यो घटनाको पछाडि प्रेमको विवाद हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।
उनीहरू दैलेखको कालिका माध्यमिक विद्यालयमा १० कक्षामा अध्ययनरत थिए र विद्यालयका सहपाठीहरूका अनुसार उनीहरूको प्रेम सम्बन्ध लामो समयदेखि चलिरहेको थियो। घटनाको अनुसन्धान जारी राखिएको र थप विवरण आउने अपेक्षा गरिएको छ।
प्रहरीका अनुसार, उक्त घटनाले स्थानीय समाजमा गहिरो चासो र चितंनको विषय बनाएको छ, र अब यस घटनाका सम्बन्धमा थप तथ्य र प्रमाण सङ्कलन गर्ने काम भइरहेको छ।
सम्भावित कारणहरूको जाँच गरी मृतकका परिवारसँग सहकार्य गर्दै घटनाको रहस्य उजागर गर्ने प्रयास गरिने प्रहरीले जानकारी दिएको छ।