समाचार

"खानेपानीको समस्या समाधान गर्ने आश्वासन, के यो पनि चुनावी वचन हो?"

"खानेपानीको समस्या समाधान गर्ने आश्वासन, के यो पनि चुनावी वचन हो?"

धनगढि- खानेपानी मन्त्री प्रदीप यादवले सुदूरपश्चिमका नागरिकलाई शुद्ध खानेपानीको सुनिश्चितता दिने आश्वासन दिएका छन्। उनले धनगढी र कैलालीका गाउँमा रहेका खानेपानीका समस्याहरूलाई समाधान गर्ने कुरा पनि बताएका छन्। मन्त्री यादवको भनाइमा शुद्ध पानीको वितरणलाई पहिलो प्राथमिकता दिइने कुरा सुनिए पनि, यो भनेको मात्र नभइ कार्यान्वयनका लागि कस्तो योजना र समयसीमा तय गरिन्छ भन्ने कुरा महत्त्वपूर्ण छ।

सुदूरपश्चिममा खानेपानीको अवस्था अझै पनि चुनौतीपूर्ण छ। धेरै स्थानमा पानीको पर्याप्त आपूर्ति छैन, र यसले स्थानिय बासिन्दालाई दैनिक जीवनमा कठिनाइमा पारिरहेको छ। यद्यपि मन्त्री यादवले ूसमस्या समाधान गरेरै छोड्छुू भन्ने प्रतिबद्धता जनाएका छन्, अब यसलाई वास्तविकतामा उतार्ने चुनौती भनेको कत्ति समय र संसाधनको आवश्यकता पर्छ भन्ने कुरा हो। सुदुरपश्चिम प्रदेश भित्र धनगढि र कैलाली मात्र नभई पहाड भित्र गुम्सुमिएर रहेका ति जिल्लाका कुनैकुनै ठाउहरु जहां पिउने पानी ल्याउन पनि एक,दुई घण्टा हिडेर जानुपर्ने अवस्था छ ।
 

मन्त्रीको उक्त भनाइले सकारात्मक सन्देश दिएको छ, तर यसका लागि योजना र प्रभावकारी कार्यान्वयन पनि अत्यन्तै जरुरी हुनेछ। शुद्ध पानीको सुनिश्चितता भनेको केवल वचन होइन, यसलाई धरातलमा पुर्याउन सशक्त कदम र समर्पण चाहिन्छ।