मनोरञ्जन

शाहरुख खानले ‘किङ’ मा ब्राड पिटको F1 लुक नक्कल गरे?

शाहरुख खानले ‘किङ’ मा ब्राड पिटको F1 लुक नक्कल गरे?

बलिउड अभिनेता शाहरुख खानको नयाँ फिल्म किङ को टाइटल रिलिजसँगै उनको लुकले सामाजिक सञ्जालमा चर्चा पैदा गरेको छ। केही दर्शकले फिल्ममा प्रयोग गरिएको उनको निलो सर्ट र ट्यान ज्याकेट शैलीलाई ब्राड पिटको F1 फिल्ममा देखिएको पोशाकसँग तुलना गर्दै “नक्कल” गरेको आरोप लगाएका छन्।

तर शाहरुखका प्रशंसकहरूले ती आरोपको खण्डन गर्दै यो लुक नयाँ होइन भन्दै २०१७ को जब ह्यारी मेट सेजल फिल्ममा उनी पहिले नै यस्तै शैलीमा देखिएको स्मरण गराएका छन्। एक फ्यानले लेखे, “SRK ले Brad Pitt लाई होइन, Brad Pitt ले SRK लाई नक्कल गरेका हुन्।”

सिद्धार्थ आनन्द निर्देशित किङ मा शाहरुखकी छोरी सुहाना खान, दीपिका पादुकोण र अभिषेक बच्चन पनि अभिनय गर्दैछन्। यो फिल्ममा ६० वर्षीय शाहरुखको नयाँ सिल्भर हेयर र एक्शन अवतारले फ्यानहरूलाई झनै उत्साहित बनाएको छ।