समाचार

प्रधानमन्त्रीको आजको परीक्षा: सांसदहरूका तीखा प्रश्न सामना गर्ने

प्रधानमन्त्रीको आजको परीक्षा: सांसदहरूका तीखा प्रश्न सामना गर्ने

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री र सांसदहरूबीच प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ। दिउँसो १ बजे बस्ने बैठकमा १० जना सांसदले प्रधानमन्त्रीसँग विविध ज्वलन्त विषयमा प्रश्न सोध्नेछन्।

सार्वजनिक विषयमा सरकारलाई उत्तरदायी बनाउन केपी शर्मा ओलीले नै यसअघि प्रधानमन्त्री हुँदा सांसद र प्रधानमन्त्रीबीच प्रश्नोत्तर कार्यक्रम राख्नुभएको थियो ।

आजको छलफलमा मुलुकको अर्थतन्त्र, राष्ट्रिय गौरवका आयोजना, चुरे दोहन, प्रशासनमा राजनीतिक हस्तक्षेप जस्ता गम्भीर विषयहरू उठ्ने अपेक्षा गरिएको छ। प्रधानमन्त्रीले यी प्रश्नहरूको कस्तो जवाफ दिनेछन् भन्ने चासो बढेको छ।

 प्रधानमन्त्री केपी शर्मा ओली