नेपाली–तिब्बती सम्बन्धमा चीनको निर्मम हस्तक्षेप : नेपाली छोरीचेलीको माइती जान पाउने अधिकार खोसियो!

नेपाल र तिब्बतबीचको पुरानो सांस्कृतिक, पारिवारिक र व्यापारिक सम्बन्धलाई चीनले एक दशकदेखि व्यवस्थित रूपमा कमजोर बनाइरहेको छ। नेपाली र तिब्बती नागरिकहरूबीचको वैवाहिक र पारिवारिक सम्बन्धलाई तोड्ने रणनीतिअन्तर्गत चीनले कठोर नीति अपनाउँदै सीमापार आवागमन लगभग असम्भव बनाइदिएको छ।
१० वर्षदेखि परिवार टुटाइदिँदै!
सदियौंदेखि नेपाल र तिब्बतबीच वैवाहिक सम्बन्ध कायम थियो। नेपाली छोरीचेलीले तिब्बती नागरिकसँग विवाह गर्ने र तिब्बती चेलीहरूले नेपाल भित्रिनेजस्ता परम्परागत सम्बन्धहरू सामान्य थिए। तर चीनले पछिल्लो १० वर्षदेखि नेपाली महिलाहरूलाई आफ्नो माइतीघर फर्कनै नदिने गरी नीतिगत अवरोध सिर्जना गरिरहेको छ।
भूकम्पपछि चीनको नाकाबन्दी : कोभिड बहानामा झनै कडाइ!
२०७२ सालको महाभूकम्पपछि चीनले तातोपानी र खासामा व्यापारिक तथा पारिवारिक आवागमनमा अवरोध खडा गर्यो। भूकम्पले सडक भत्किएको बहाना बनाएर सुरू गरिएको नाकाबन्दीलाई चीनले कोभिड महामारीको बहानामा झनै कडा बनायो।
८०० किमी पर लगियो खासा बजार, सम्बन्ध टुटाउन रणनीतिक चाल!
नेपालसँगको सम्बन्धलाई झनै कमजोर पार्न चीनले तिब्बतको प्रमुख व्यापारिक केन्द्र खासाका बासिन्दालाई जबरजस्ती ८०० किलोमिटर टाढा सिगात्सेमा सारिदियो। यसका कारण तिब्बतमा विवाह गरेका नेपाली छोरीचेली माइती आउनै नपाउने अवस्थामा पुगेका छन्।
नेपाली नागरिकलाई धम्की, परिवारसँगको सम्पर्क पूर्ण रूपमा बन्द!
नेपालका नागरिकहरूले तिब्बतमा बसोबास गर्दा विभिन्न अवरोध झेल्नुपरेको छ। तिब्बतमा रहेका नेपालीहरूलाई प्रशासनिक अंकुश लगाएर आफ्नो देश फर्कन रोक लगाइएको छ। चिनियाँ प्रशासनले विभिन्न बहानामा धम्की दिँदै उनीहरूको आवाज दबाइरहेको छ।
१० वर्षदेखि आफन्त गुमाएका नेपाली : न भेट, न सम्पर्क!
चीनको कडाइका कारण नेपाली नागरिकले सीमापार रहेका आफन्तलाई भेट्न त परै जाओस्, उनीहरूको अवस्थाबारे जानकारी पाउनसमेत सकेका छैनन्। आफ्ना आफन्तको मृत्यु हुँदा अन्तिम संस्कारमा सहभागी हुने अवसरसमेत उनीहरूलाई दिइएको छैन।
नेपाल–तिब्बतबीचको पारिवारिक, सांस्कृतिक र व्यापारिक सम्बन्ध चीनको हस्तक्षेपले निरन्तर कमजोर बन्दै गएको छ। दशकौंदेखि चलेको यो सम्बन्ध पुनर्स्थापित गर्न कूटनीतिक पहल जरुरी देखिएको छ।