कांग्रेस सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान
काठमाडौं — नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा थप स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन्।
पार्टीद्वारा कात्तिक १० गते सार्वजनिक गरिएको प्रेस विज्ञप्तिअनुसार देउवा आज राति ११ः०५ बजे सिंगापुर एयरलाइन्सको उडानमार्फत सिंगापुर गएका हुन्। उनीसँग उनकी धर्मपत्नी तथा कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवा पनि साथमा छिन्।
कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ —
“सभापति देउवा चिकित्सकको सल्लाहअनुसार थप स्वास्थ्योपचारका लागि सिंगापुर प्रस्थान गर्नु भएको हो।”
पार्टीले सभापति देउवाको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।
विज्ञप्ति नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेका हुन्।