"नेपालको विकासमा चीनको गोप्य खेल! पूर्व सचिवको चौंकाउने खुलासा"
नेपालका पूर्व सचिव तथा चीनका लागि पूर्व राजदूत लिलामणी पौडेलले चीनको विकासले नेपालसहित विश्वभरकै जनसंख्यालाई असर पारिरहेको दाबी गरेका छन्।
कल्किजम रिसर्च सेन्टरद्वारा आयोजित ज्ञानतन्त्र बहस कार्यक्रममा उनले चीनले गरेको आर्थिक उपलब्धि इतिहासकै तीव्रतम विकासमध्ये एक भएको बताउँदै अन्य देशहरूजस्तै दक्षिण कोरिया र सिंगापुरले पनि उन्नति गरे तापनि चीनको भूगोल र जनसंख्या अन्य राष्ट्रहरूलाई प्रत्यक्ष रूपमा प्रभाव पार्ने बताए।
चीनको नीतिले विश्वभर प्रभाव
पौडेलका अनुसार चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (BRI) जस्ता परियोजनाहरूले नेपालसहित विभिन्न देशहरूलाई असर पुर्याइरहेका छन्। चीनको चमत्कारी विकासबारे अध्ययन भइरहे पनि नेपाल जस्ता मुलुकहरूले उचित दीर्घकालीन योजना नबनाएकै कारण पछाडि परेको उनले बताए।
नेपालको विकासमा चीनको हस्तक्षेप?
उनले नेपाल विकासमा पछि पर्नुको एउटा कारण चीनको राजनीतिक हस्तक्षेप रहेको स्पष्ट पारे। उनका अनुसार नेपालका सरकारहरू सत्ता आर्जन, दलगत राजनीति, र चुनाव जित्ने चक्रमा फसेका छन्, जसका कारण दीर्घकालीन विकास सम्भव भएको छैन।
जलस्रोतमा चीनको स्वार्थ
पौडेलले नेपालका प्राकृतिक स्रोतहरूमध्ये जलस्रोतलाई शक्तिशाली विकासको माध्यम बनाउन सकिने भए तापनि छिमेकी राष्ट्रहरूले हस्तक्षेप गर्दा नेपालले गति लिन नसकेको उल्लेख गरे। चीनले नेपालको जलस्रोतमा आफ्नो नियन्त्रण जमाउने प्रयास गरिरहेको र यसै कारण नेपालले उर्जा र जलविद्युत् क्षेत्रमा उल्लेख्य प्रगति गर्न नसकेको उनले दाबी गरे।
चीनले नेपाललाई प्रयोग गर्यो?
उनका अनुसार चीनले नेपालबाट स्रोत र श्रम लिएर आफ्नो समाजको गरिबी निवारण गर्न सकेको छ। चीनले आफ्ना विकास योजनाहरू नेपालबाट सिकेर लागू गरे पनि नेपालले भने विश्व बैंकजस्ता अन्तर्राष्ट्रिय संस्थाहरूसँग गरिबी निवारणको नाममा कार्यक्रम सञ्चालन गर्दै कर्मचारीहरूको मात्र गरिबी हटाएको कटाक्ष गरे।
पौडेलको विश्लेषणले नेपाल र चीनबीचको सम्बन्ध तथा नेपालले विकासमा अवलम्बन गर्नुपर्ने रणनीतिबारे गम्भीर बहसको आवश्यकता औंल्याउँछ।