समाचार

"रवि लामिछानेविरुद्ध षड्यन्त्र? प्रचण्डले खोले सरकारको पोल!"

"रवि लामिछानेविरुद्ध षड्यन्त्र? प्रचण्डले खोले सरकारको पोल!"

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रमुख प्रतिपक्षी नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपा सभापति रवि लामिछानेलाई फसाउन षड्यन्त्र भइरहेको गम्भीर आरोप लगाएका छन्। बिहीबार प्रतिनिधिसभामा बोल्दै उनले सरकार न्यायपालिकालाई दबाब दिई लामिछानेलाई फसाउने योजनामा लागेको दाबी गरे।

रवि लामिछानेमाथि षड्यन्त्रको आरोप

प्रचण्डले लामिछाने कुनै पनि सहकारी ठगी प्रकरणमा प्रत्यक्ष संलग्न नभए पनि उनलाई जबरजस्ती बदनाम गर्ने प्रयास भइरहेको बताए। "हिजो प्रधानमन्त्री बनाउन अफर गर्नेहरू आज न्यायपालिकालाई धम्क्याएर उनलाई फसाउन खोजिरहेका छन्," उनले भने।

न्यायालयको दोहोरो मापदण्ड?

प्रचण्डले रवि लामिछाने धरौटीमा रिहा भइसकेपछि उनको सांसद पद निलम्बन गर्नु असंवैधानिक भएको जिकिर गरे। "राजनीतिक प्रतिशोधकै कारण लामिछानेमाथि संगठित अपराधको मुद्दा थपिएको छ, तर ठूला घोटालामा मुछिएका सत्तारूढ सांसदहरू भने उन्मुक्ति पाइरहेका छन्," उनले आरोप लगाए।

भ्रष्टाचार र सत्ता दुरुपयोगको आरोप

प्रचण्डले सरकारमाथि कानुनी प्रक्रिया दुरुपयोग गरेर आफ्ना मान्छे जोगाउने र प्रतिपक्षीलाई फसाउने नीति लिएको आरोप लगाए। "ललिता निवास प्रकरणमा मुछिएकाहरू सत्ता टिकाइरहेका छन्, कर छलीको दोष प्रमाणित भएकाहरूलाई उन्मुक्ति दिइएको छ, तर विपक्षी नेताहरूलाई संगठित अपराधी देखाउने खेल भइरहेको छ," उनले भने।

"जनता आक्रोशित छन्!"

देशभरका जनतासँग अन्तरक्रिया गरेको अनुभव साझा गर्दै प्रचण्डले भने, "शासन चलाउने शैलीप्रति जनता वितृष्णा व्यक्त गरिरहेका छन्। सरकार स्वार्थ समूहका दलालहरूसँग जोडिएको देखेर नागरिकहरू आक्रोशित छन्। म डराउँछु, कतै यो आक्रोश व्यवस्थाप्रतिको आक्रोशमा नबदलियोस्।"

प्रचण्डले भ्रष्टाचार निवारण ऐनमा भएको संशोधन र अख्तियार ऐनमा प्रधानमन्त्रीको हस्तक्षेपलाई ‘नीतिगत भ्रष्टाचार’ भन्दै सरकारको कडा आलोचना गरे। संसदमा कानुनी अन्यायको समीक्षा गर्न उनले सभामुखलाई आग्रह गरेका छन्।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रमुख प्रतिपक्षी नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’