समाचार

ओलीको आकस्मिक भर्चुअल बैठक: सातै प्रदेशका मुख्यमन्त्रीलाई किन बोलाए? के हुँदैछ ठुलो निर्णय? 

ओलीको आकस्मिक भर्चुअल बैठक: सातै प्रदेशका मुख्यमन्त्रीलाई किन बोलाए? के हुँदैछ ठुलो निर्णय? 

प्रधानमन्त्री केपी शर्मा ओली आज सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्दैछन्। प्रदेशस्तरीय विकास निर्माण तथा ठूला आयोजना सम्बन्धी प्रगतिबारे छलफल गर्ने तयारी भएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ।

यस महत्वपूर्ण बैठकका लागि प्रधानमन्त्री ओली दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘एक्सन रुम’ बाट मुख्यमन्त्रीहरूसँग संवाद गर्नेछन्।

त्यसपछि दिउँसो २ बजे प्रधानमन्त्री सगरमाथा संवाद तयारी बैठकमा पनि सहभागी हुनेछन्।

प्रधानमन्त्रीको यो आकस्मिक बैठकबाट के ठुलो निर्णय आउँछ? प्रदेशको विकासको दिशा बदल्ने योजना बनाइँदैछ कि राजनीतिक समीकरणमा नयाँ मोड आउँछ?