समाचार

"काठमाडौं महानगर न त राजासँग झुकेको छ, न प्रजासँग! राप्रपा लाई १ लाखको जुर्माना!"

"काठमाडौं महानगर न त राजासँग झुकेको छ, न प्रजासँग! राप्रपा लाई १ लाखको जुर्माना!"

काठमाडौं – काठमाडौं महानगरपालिकाले वातावरणीय प्रदूषण गरेको आरोपमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई १ लाख रुपैयाँ जरिबाना तोकेको छ।

आइतबार, पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतको क्रममा भएको राप्रपाको प्रदर्शनमा वातावरणीय प्रदूषण र सार्वजनिक स्थलमा फोहोर फैलिएको आरोप लागेको छ।

महानगर प्रहरीले राप्रपा मुख्यालयलाई एक पत्र लेख्दै, पार्टीको कार्यालयबाट आयोजित कार्यक्रममा सहभागीहरूले एयरपोर्ट, तिलगंगा गौशाला, सडकपेटी, त्यहाँका बिरुवा र रेलिङमा भौतिक क्षति पुर्याएको र फोहोर फैलाएको जनाएको छ।

यो पत्र निर्वाचन आयोग र काठमाडौं महानगरपालिकाको प्रशासन विभागलाई पनि पठाइएको छ। पत्रमा नगर प्रहरी निरीक्षक लीलाराज गाछा थापामगरले हस्ताक्षर गरेका छन्।

पत्रमा फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौं महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०५१ बमोजिम जरिबाना तोकिएको उल्लेख गरिएको छ।

यसअघि, गत मंसिर ७ मा दरबार मार्गमा नेकपा एमालेको जागरणसभामा पनि फोहोर फैलाएको भन्दै महानगरले एमालेलाई जरिबानाको नोटिस दिएको थियो।

काठमाडौँ महानगरपालिका पूर्वराजा ज्ञानेन्द्र शाह