नेप्से धराशायी! एकैदिन ४७ अंकको गिरावट, १६ अर्बको कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज ठूलो गिरावट आएको छ। कारोबार समापनमा नेप्से ४७.९३ अङ्कले घट्दै २९५४.१४ विन्दुमा झरेको हो। यो १.५९ प्रतिशतको गिरावट हो, जुन पछिल्ला केही समययताकै उच्च गिरावटमध्ये पर्छ।
आज ३२७ कम्पनीका ३ करोड ६४ लाख १७ हजार ७४२ कित्ता शेयर एक लाख ४१ हजार ५२० पटक खरिदबिक्री भएका छन्। कुल कारोबार रकम १६ अर्ब ४४ करोड १३ लाख ५४ हजार ४०८ रुपैयाँ पुगेको छ।
बजार समूहगत रूपमा विश्लेषण गर्दा अधिकांश उपसूचक ओरालो लागेका छन्। विशेषगरी विकास बैंक र लघुवित्त समूहमा तीव्र गिरावट आएको छ। भने, अन्य समूह भने ०.८५ प्रतिशतले वृद्धि भएको छ।
सान्भी इनर्जी लिमिटेड र ट्रेड टावर लिमिटेडको शेयरमा आज सकारात्मक सर्किट लागेको छ, अर्थात् ती कम्पनीका शेयर उच्चतम सीमासम्म बढेका छन्। ग्रीन डेभलपमेन्ट बैंकको शेयर मूल्य भने ८.४ प्रतिशतले घटेको छ, जसले लगानीकर्तामा थप चिन्ता पैदा गराएको छ।