भिडियो राजनीति

विनय यादवको आरोप: रौतहट घटनापछि सरकारसँग कडा कारबाही माग

विनय यादवको आरोप: रौतहट घटनापछि सरकारसँग कडा कारबाही माग

राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवले रौतहटस्थित प्रवाहा नगरपालिका–९ मा मूर्ति सलाउने क्रममा भएको घटनालाई दुःखद र शर्मनाक भन्दै तीव्र प्रतिक्रिया जनाउनुभएको छ। उहाँले आफ्नै देश र भूमिमा धर्म–कर्म गर्ने क्रममा हिन्दु समुदायमाथि ढुंगाप्रहार भएको दाबी गर्दै यसलाई गम्भीर सुरक्षा चुनौतीको रूपमा चित्रित गर्नुभयो।

यादवका अनुसार उक्त घटनाबाट हिन्दु समाज अपहेलना र हिंसाबाट गुज्रिन बाध्य भएको छ। उहाँले मधेश प्रदेशमा जिहादी गतिविधि सलबलाउन थालेको आरोप लगाउँदै भविष्यमा अझ ठूलो जोखिम उत्पन्न हुनसक्ने आशंका व्यक्त गर्नुभयो। यस सन्दर्भमा उहाँले नेपाल सरकारसँग तत्काल कारबाही र चुनावको मुखमा शान्ति–सुरक्षा कायम गर्न कडा कदम चाल्न माग गर्नुभयो।

उहाँले राष्ट्रिय एकता दलको तर्फबाट घटनाको निन्दा गर्दै यस्ता गतिविधि पुनः नदोहोऱ्याउन हिन्दु समाज संगठित हुनुपर्ने आवश्यकता औँल्याउनुभयो। साथै, आगामी आम निर्वाचनमा हिन्दुवादी नेताहरूलाई समर्थन गरेर संसदमा प्रतिनिधित्व सुनिश्चित गर्न आह्वान गर्नुभयो।

यादवले सामाजिक सञ्जालमार्फत धम्की आइरहेको दाबी गर्दै यो अवस्थालाई नेपालका धार्मिक स्थल र पहिचानसँग जोडेर सरकारलाई स्पष्ट कदम चाल्न आग्रह गर्नुभयो। उहाँले सरकारको जिम्मेवारी शान्ति–सुव्यवस्था कायम गर्नु रहेको भन्दै तत्काल पहल अपेक्षित रहेको बताउनुभयो।

विनय यादव राष्ट्रिय एकता दल
ADVERTISEMENT