दमन र विद्रोहबीचको बालोचिस्तान: चिच्याइरहेका आवाजहरूलाई सुनिदैन

इस्लामाबाद: पाकिस्तानको पश्चिमी भूभाग बालोचिस्तान पछिल्ला केही महिनादेखि राज्यद्वारा गरिएको चरम दमन, राजनीतिक अपहरण, र मानवअधिकार उल्लंघनको नयाँ अध्यायमा प्रवेश गरिसकेको छ।
साथै, गिलगित–बाल्टिस्तान (PoGB) मा व्यापारीहरू, सर्वसाधारण र नागरिक समाजले राज्यविरुद्ध लगातार विरोधको स्वर उचालिरहेका छन्।
तर इस्लामाबाद शासकवर्गको दृष्टिमा यी आवाजहरू ‘राष्ट्रघात’ का अभियोगमा चुप गरिनुपर्ने आवाजहरू मात्रै हुन्।
पाकिस्तानको सत्ताव्यवस्था हाल प्रेसर कुकरको ढकनी झैं बन्द छ-अर्कोतर्फ, बालोच समुदायभित्रको आत्मसम्मानको आह्वान दिन–प्रतिदिन उचालिंदै छ।
बेपत्ता बनाइएका अनुहारहरू
बालोचिस्तानमा हालसम्म ७०,००० भन्दा बढी व्यक्तिहरू “बेपत्ता” बनाइएको आरोप मानवअधिकार संगठनहरूले लगाइरहेका छन्।
यीमध्ये धेरैजसो विद्यार्थी, पत्रकार, महिला र किशोर छन्, जसलाई विशेष सुरक्षा कानूनको नाममा पक्राउ गरिन्छ र कुनैपनि अदालती सुनुवाइ बिना बेपत्ता पारिन्छ।
बालोच महिला अभियन्ता मह्राङ बलोच हाल पुनः २० दिनको लागि प्रहरी हिरासतमा राखिएकी छिन्।
उनीमाथि आरोप के छ भन्ने स्पष्ट छैन, तर पाकिस्तान सरकारले उनलाई निरन्तर हिरासतमा राखेर राजनीतिक प्रतिरोधलाई बलपूर्वक थिच्ने संकेत दिएको छ।
अन्तर्राष्ट्रिय स्तरमै यो गिरफ्तारीको आलोचना भइरहेको छ।
तर इस्लामाबाद सरकारको जवाफ सधैं एकनासको हुन्छ-“राष्ट्रिय सुरक्षाको लागि आवश्यक”।
शान्तिको “कथा”को पर्दा पछाडि
पाकिस्तानी विदेश मन्त्रालयले अहिले “Peace Narrative” भन्ने नाममा अन्तर्राष्ट्रिय जगतमा नयाँ प्रचार अभियान थालेको छ।
तर यहीबेला TagTV ले एक रिपोर्ट प्रकाशित गर्दै लेखेको छ— “पाकिस्तानको शान्ति कथा केवल एक प्रचार हो, वास्तविकता भने नियन्त्रण, आक्रोश र हत्या हो।”
बालोचिस्तानमा सुरक्षा फौजको कारबाहीमा विद्यार्थी अपहरण, महिला पत्रकारहरूलाई धम्की, र मानवअधिकार आयोगका प्रतिनिधिलाई प्रदेश प्रवेशमा रोक लाग्ने घटना सामान्यजस्तै भएका छन्।
राज्यले बालोच युवालाई “विद्रोही” वा “संत्रासवादी” ठहर गर्दै कारबाही गर्छ, जबकि उनीहरूको माग केवल न्याय, शिक्षा, र पहिचानको सम्मान हो।
अन्तर्राष्ट्रिय चेतावनीको बेवास्ता
संयुक्त राष्ट्रसंघ, Human Rights Watch र Amnesty International जस्ता निकायहरूले बालोचिस्तानमा भएका उल्लंघनमाथि पटक–पटक चेतावनी दिएका छन्।
तर पाकिस्तान सरकारका लागि यी चेतावनीहरू केवल “बाह्य हस्तक्षेप” को नाममा अस्वीकार गरिने औपचारिकता मात्र बनेका छन्।
गएको महिना, एक अमेरिकी थिंक ट्याङ्कले रिपोर्ट तयार गर्दै चेतावनी दिएको थियो-”यदि बालोचिस्तानमा दमन जारी रह्यो भने, पाकिस्तानको एकता नै संकटमा पर्न सक्छ।”
तर यसको सट्टा, इस्लामाबाद सरकारले सुरक्षा फौजलाई अझ थप अधिकार दिइरहेको छ-जसले स्थानीय जनताको शंका, डर र आक्रोश बढाइरहेको छ।
गिलगितमा व्यापारीहरूको विद्रोह
गिलगित–बाल्टिस्तानमा २३ दिनसम्म व्यापारीहरूद्वारा चीन–पाकिस्तान आर्थिक मार्ग (CPEC Route) बन्द गरियो।
उनीहरूको माग थियो-“संघीय कर, बिनाधार प्रतिबन्ध र राज्यद्वारा गरिने अवैध आर्थिक नियन्त्रण अन्त्य गरियोस्।”
तर सरकारले वार्ताको सट्टा प्रहरी फोर्स पठाउने निर्णय गर्यो।
व्यापारीहरू, छात्र संगठनहरू, र धार्मिक नेताहरूले संयुक्तरूपमा जारी गरेको वक्तव्यमा भनिएको छ-”अब हामी केवल कर घटाउने माग गर्दैछौं, भोलि हामी आत्मनिर्णयको माग गर्न बाध्य हुनेछौं।”
PoGB मा राज्यको नजर केवल रणनीतिक ‘ल्यान्ड कर्पस’ मा हुन्छ, न कि मानव अधिकार वा स्थानीय अर्थतन्त्रको आत्मनिर्भरतामा।
“तेल भएको भ्रम” र बालोचको व्यङ्ग्य
हालै एक चर्चित लेखमा बालोच नेताले पूर्व राष्ट्रपति ट्रम्पलाई लेखेका छन्-“पाकिस्तानमा तेल छैन, तपाईलाई धोका दिइएको हो।”
यस व्यङ्ग्यात्मक पत्रले केवल आर्थिक फसवटा होइन, पाकिस्तानको अन्तर्राष्ट्रिय चातुर्यको उजागर पनि गर्छ।
The Hindu Business Line ले यसलाई “भू–रणनीतिक प्रभाव पार्ने चेतावनी” भनेको छ-किनभने तेल र खनिज स्रोतको भ्रममा धेरै राष्ट्रहरूले पाकिस्तानसँग सैन्य सम्झौता गरेका छन्।
बालोच नेताहरूको भनाइमा “हामी शान्ति चाहन्छौं, तर अधिकार बिना शान्ति स्वीकार्य छैन।”