सागर डिस्टिलरी लिमिटेडले आफ्ना साधारण सेयरको सार्वजनिक निष्कासन स्थगित

सागर डिस्टिलरी लिमिटेडले आफ्ना साधारण सेयरको सार्वजनिक निष्कासन प्रक्रिया हाललाई स्थगित गर्ने निर्णय गरेको छ।
कम्पनीले २०८२ भदौ १७ गते आह्वानपत्र प्रकाशन गर्दै २५ गतेदेखि निष्कासन खुला गर्ने योजना सार्वजनिक गरेको थियो।
तर मुलुकमा पछिल्ला दिनमा देखिएको असामान्य परिस्थिति र त्यसले सिर्जना गरेको अनिश्चिततालाई मध्यनजर गर्दै कम्पनीले अर्को सूचना जारी नभएसम्मका लागि उक्त प्रक्रिया रोकेको जानकारी दिएको हो।