समाचार प्रविधि

सामसङले दशैं अफर सार्वजनिक गर्‍यो, दैनिक ११ जनाले पाउने शपिङ भौचर

सामसङले दशैं अफर सार्वजनिक गर्‍यो, दैनिक ११ जनाले पाउने शपिङ भौचर

सामसङले आगामी दशैंलाई लक्षित गर्दै “दिन दिनै  दशैं” अफर सार्वजनिक गरेको छ। कम्पनीका अनुसार, यो अफर २०२५ सेप्टेम्बर १ देखि २८ सम्म लागू हुनेछ, जसअन्तर्गत नयाँ सामसङ स्मार्टफोन वा ट्याबलेट खरिद गर्ने उपभोक्ताले दैनिकी उपहार जित्ने अवसर पाउनेछन्।

अफरको प्रावधानअनुसार, प्रत्येक दिन एक भाग्यशाली विजेताले भाटभटेनी शपिङ भौचर एक लाख रुपैयाँ प्राप्त गर्नेछन् भने थप १० जनाले १० हजार रुपैयाँको शपिङ भौचर पाउनेछन्। यसरी अफर अवधिभर दैनिक ११ जना विजेताले उपहार पाउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ। विजेता घोषणा सामसङको आधिकारिक वेबसाइटमार्फत गरिनेछ।

उपभोक्ताले खरिदपश्चात फोनमा उल्लेखित IMEI नम्बर एसएमएसमार्फत दर्ता गरेर सहभागिता जनाउन सक्नेछन्। IMEI नम्बर पठाएपछि तुरुन्तै दर्ता पुष्टि गर्ने सन्देश प्राप्त हुनेछ। ग्राहकले शपिङ भौचरलाई दैनिक उपभोग्य सामग्रीदेखि चाडपर्व तयारीसम्मको विभिन्न प्रयोजनमा प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ।

सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापतिका भनाइमा, “दनि दनिै दशैं” अफरले दशैंको महत्वलाई आत्मसात गर्दै उपभोक्तालाई थप मूल्यवान अनुभव दिलाउने लक्ष्य राखिएको छ। उनका अनुसार, सामसङले विगतमा जस्तै यसपालि पनि नेपाली उपभोक्ताको जीवनशैलीलाई अझ समृद्ध बनाउन योगदान गर्ने उद्देश्य लिएको हो।

यो अफर नेपालभरका आधिकारिक सामसङ विक्रेतासँगै ई–कमर्स प्लेटफर्ममार्फत पनि उपलब्ध छ। बजार विश्लेषकहरूका अनुसार, चाडपर्वलाई लक्षित अफरले प्राविधिक सामग्रीको बिक्री बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने देखिन्छ, जसले उपभोक्तालाई तत्कालीन लाभ दिने मात्र नभई लामो अवधिमा कम्पनी र ग्राहकबीचको सम्बन्ध मजबुत बनाउन सहयोग गर्ने अपेक्षा गर्न सकिन्छ।