दशैंमा सामसङको धमाका! टिभी, फ्रिज र वाशिङ मेसिनमा ३५% सम्म छुट र भव्य उपहार

सामसङ नेपालले आगामी दशैं पर्वलाई लक्षित गर्दै “दशैंको :Mood, सबै Good” नामक विशेष अफर सार्वजनिक गरेको छ। कम्पनीका अनुसार, अफरअन्तर्गत नेपालभरका उपभोक्ताले टेलिभिजन, रेफ्रिजिरेटर र वाशिङ मेसिनमा विशेष छुट, उपहार र सहज किस्ताबन्दी सुविधा पाउनेछन्। योजना भदौ २५ देखि असोज २४, २०८२ (सेप्टेम्बर १०–अक्टोबर १०, २०२५) सम्म लागू हुनेछ।
सामसङका अनुसार, चयनित टिभी मोडेलमा ३५% सम्म इन्स्टन्ट क्यासब्याकको व्यवस्था छ। ७५ इन्च र ८५ इन्चका चयनित QLED टिभी मोडेलमा साउन्डबारसमेत उपहारस्वरूप दिइनेछ। कम्पनीले सबै योग्य टिभीमा तीन वर्षको वारेन्टी र निःशुल्क प्रोफेशनल इन्स्टलेसन उपलब्ध गराउने जनाएको छ। रेफ्रिजिरेटरतर्फ, सिंगल–डोरदेखि साइड–बाइ–साइड मोडेलसम्म १९% सम्म छुट दिइनेछ भने ७०० लिटर क्षमताका साइड–बाइ–साइड मोडेल खरिद गर्ने ग्राहकलाई माइक्रोवेभ ओभन उपहार स्वरूप उपलब्ध हुनेछ।
वाशिङ मेसिनतर्फ, टप–लोड र फ्रन्ट–लोड मोडेलमा २४% सम्म इन्स्टन्ट क्यासब्याक पाउने व्यवस्था छ। साथै, ७ केजीभन्दा माथिका टप–लोड वा ९ केजी फ्रन्ट–लोड वाशिङ मेसिन खरिदमा १ केजी सर्फ एक्सेल म्याटिक डिटर्जेन्ट उपहार दिइनेछ, जबकि ८ केजीभन्दा माथिका फ्रन्ट–लोड मोडेलमा ६ केजी सर्फ एक्सेल उपलब्ध गराइनेछ। कम्पनीका अनुसार, रेफ्रिजिरेटर र वाशिङ मेसिनका कम्प्रेसरमा २० वर्षसम्मको वारेन्टी र सबै मोडेलमा निःशुल्क इन्स्टलेसन सुविधा उपलब्ध हुनेछ।
यस अफरअन्तर्गत ग्राहकले हुलास फाइनान्समार्फत “सामसङ इन्स्टा फाइनान्स” योजनामा शून्य प्रतिशत ब्याजदरमा (०% EMI) किस्ताबन्दी सुविधा लिन सक्नेछन्। प्रक्रियाका लागि न्यूनतम नागरिकता प्रमाणपत्र पर्याप्त हुने कम्पनीले स्पष्ट पारेको छ। साथै, पुराना होम अप्लायन्स नयाँसँग साटेर थप मूल्य फाइदा लिन सकिने पनि जानकारी दिइएको छ।
सामसङ नेपालका अनुसार, “दशैंजस्तो पारिवारिक उत्सवमा उपभोक्तालाई प्रविधिमा अपग्रेड गर्ने सहज अवसर प्रदान गर्नु यो अफरको मुख्य उद्देश्य हो।”
यी अफरहरू सामसङका नेपालभर रहेका आधिकारिक खुद्रा साझेदार स्टोर र अधिकृत विक्रेतामार्फत उपलब्ध हुनेछन्।