सेयर बजारमा ठुलो धक्का! सबै समूह राताम्य, लगानीकर्ताको अर्बौं डुब्यो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार १९ दशमलव ८९ अङ्कले घटेर २,७४१.९७ विन्दुमा पुगेको छ। दिनभरको कारोबारमा बजारमा सर्वसाधारण लगानीकर्ताले करिब रु. ४ अर्ब ४३ करोड ८२ लाख बराबरको सेयर किनबेच गरेका छन्।
नेप्सेका अनुसार ३२३ कम्पनीका कुल एक करोड पाँच लाख ३५ हजार ८७४ कित्ता सेयर ८९ हजार ७७५ पटक कारोबार भएका थिए। यस अवधिमा सबै उपसूचकमा गिरावट देखिएको छ। बैंकिङ समूह ०.४९ प्रतिशत, विकास बैंक ०.३९ प्रतिशत, वित्त ०.८८ प्रतिशत, होटल तथा पर्यटन ०.५२ प्रतिशत, जलविद्युत् ०.९६ प्रतिशत, लगानी ०.७६ प्रतिशत र जीवन बीमा ०.३० प्रतिशतले घटेका छन्। यस्तै उत्पादन तथा प्रशोधन ०.८०, लघुवित्त ०.९७, म्युचुअल फन्ड ०.२८, निर्जीवन बीमा ०.७०, व्यापार १.९७ र अन्य समूह ०.५३ प्रतिशतले घटेको छ।
आजको कारोबारमा हिम स्टार ऊर्जा कम्पनी लिमिटेडको सेयर मूल्य ९.९८ प्रतिशतले बढ्दै उच्चतम लाभमा पुगेको छ भने उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको मूल्य ७.४७ प्रतिशतले घट्दै सबैभन्दा बढी मूल्य ह्रास भएको छ। कारोबार रकमका हिसाबले नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेड रु. २२ करोड ७० लाखभन्दा बढीको कारोबारसहित अग्रस्थानमा रह्यो। त्यस्तै कारोबार संख्यामा भने दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडको पाँच लाख ६१ हजार ५१४ कित्ता सेयर किनबेच हुँदै सबैभन्दा बढी सक्रिय रह्यो।
वित्तीय बजार विश्लेषकहरूका अनुसार पछिल्लो समय लगानीकर्तामा अनिश्चितता र बजारमा उच्च उतारचढावका कारण सूचक निरन्तर दबाबमा देखिँदै आएको छ। लगानीकर्ताले जोखिम व्यवस्थापनलाई प्राथमिकता दिँदै सूचित निर्णय लिनुपर्ने सन्देश बजारले दिइरहेको विश्लेषण गरिएको छ।