समाचार

प्राविधिक त्रुटिका कारण नेपाल टेलिकमको एक सेवा बन्द

प्राविधिक त्रुटिका कारण नेपाल टेलिकमको एक सेवा बन्द

नेपाल टेलिकमले आफ्ना ग्राहकहरूलाई लक्षित Caller Ring Back Tone (CRBT) सेवा हाल प्राविधिक कारणले अवरुद्ध भएको जानकारी गराएको छ। कम्पनीले भदौ १७ गते जारी गरेको प्रेस नोटमा सेवामा देखिएको समस्याका कारण अर्को सूचना जारी नभएसम्मका लागि सेवा बन्द रहने उल्लेख गरिएको छ।

टेलिकमका अनुसार “Caller Ring Back Tone (CRBT) सेवा सञ्चालनमा प्राविधिक समस्या उत्पन्न हुन गएको” हुँदा अस्थायी रूपमा अवरोध भएको हो। विज्ञप्तिमा भनिएको छ, “समस्या समाधानका लागि यथाशीघ्र प्रयास भैरहेको व्यहोरा अनुरोध गर्दै यसबाट ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति कम्पनी क्षमाप्रार्थी छ।”

नेपाल टेलिकम देशभरका सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायकमध्ये एक हो, जसका सेवामा रुकावट आउँदा लाखौँ प्रयोगकर्ताहरू प्रभावित हुने गर्छन्। अघिल्ला वर्षहरूमा पनि इन्टरनेट, भ्वाइस वा भ्यालेु एडेड सेवामा देखिएका अवरोधले ग्राहकहरूलाई असुविधा पुर्‍याएको अनुभव रहेको छ। यसपटक पनि कम्पनीले शीघ्र समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे पनि अवरोध कहिलेसम्म रहन्छ भन्ने विषयमा स्पष्ट समयसीमा भने दिएको छैन।

ग्राहकहरूका लागि आवश्यक सेवामा रुकावट आउँदा दैनिक जीवन र व्यवसायिक गतिविधिमा असर पर्ने भएकाले सेवा छिट्टै सुचारु हुने अपेक्षा गरिएको छ।