समाचार

लेमिनार टायल्सले कलंकीमा नयाँ ‘डलिर’ शोरूम सञ्चालनमा!

लेमिनार टायल्सले कलंकीमा नयाँ ‘डलिर’ शोरूम सञ्चालनमा!

काठमाडौंको कलंकीमा लेमिनार टायल्सले बुधबार आफ्नो नयाँ ‘डलिर’ शोरूम सञ्चालनमा ल्याएको छ। टन्केश्वर टाइल एण्ड मार्बल हाउस प्रा.लि.लाई आधिकारिक डलिरको रूपमा नियुक्त गर्दै कम्पनीले विशेष श्रेणी ‘एम्पोरियो’ अन्तर्गत यो शोरूम उद्घाटन गरेको हो।

औपचारिक कार्यक्रममा टन्केश्वर टाइल एण्ड मार्बल हाउसका सञ्चालक प्रज्ज्वल अधिकारी र लेमिनार टायल्सका निर्देशकद्वय अभनिभ चुरिवाल तथा आशुतोष खेतानले संयुक्त रूपमा शोरूम उद्घाटन गरेका थिए।

कार्यक्रममा बोल्दै निर्देशक अभनिभ चुरिवालले कम्पनीले देशभर १०० भन्दा बढी विशेष शोरूम स्थापना गर्ने लक्ष्यसहित काम अगाडि बढाइरहेको जानकारी दिए। अर्का निर्देशक आशुतोष खेतानले लेमिनारका भिट्रिफाइड टायल्स बलियो, टिकाउ र अन्य टायल्सको तुलनामा बढी भार वहन गर्ने क्षमतायुक्त भएको दाबी गरे।

लेमिनार टायल्स बर्दियाको गुलरियामा करिब १२.५ बिघा क्षेत्रफलमा स्थापना गरिएको उत्पादन केन्द्रमार्फत निर्माण भइरहेको छ। कम्पनीका अनुसार, यो केन्द्र अत्याधुनिक युरोपेली प्रविधि प्रयोग गरेर सञ्चालनमा ल्याइएको छ।

कम्पनीले हालसम्म ५०० भन्दा बढी डिजाइनका पाँच फरक आकारका टायल्स बजारमा उपलब्ध गराइसकेको छ। प्रेस विज्ञप्तिअनुसार, यी टायल्स पूर्ण भिट्रिफाइड भएकाले ९९.९२ प्रतिशतसम्म वाटरप्रुफ छन् र उच्च गुणस्तरको कच्चा पदार्थ र उत्पादन प्रक्रियाका कारण साधारण सिरेमिक टायल्सभन्दा करिब चार गुणा बढी टिकाउ मानिन्छन्।

कलंकीस्थित नयाँ शोरूम उद्घाटनसँगै कम्पनीले काठमाडौंसहित देशभर आफ्नो उपस्थिति विस्तार गर्ने योजना अगाडि बढाएको जनाएको छ।