रजतपट अङ्कलको बमजस्तो प्रस्ताव : ‘बालेन शाहलाई प्रधानमन्त्री बनाऊ !

रजतपट अङ्कलको बमजस्तो प्रस्ताव : ‘बालेन शाहलाई प्रधानमन्त्री बनाऊ !

जेनजी आन्दोलनले देशैभर राजनीतिक अस्थिरता चर्किँदै गर्दा सिने पत्रकार प्रकाश सुवेदी, जसलाई ‘रजतपट अङ्कल’ भनेर चिनिन्छ,ले सामाजिक सञ्जालमार्फत मेयर बालेन शाहलाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्ताव अघि सारेका छन्।

सुवेदीले आफ्नो फेसबुकमा लेखेका छन्, “आज सहिद हुने तमाम युवाहरूको आत्माले तब मात्रै शान्ति पाउँछ, जब बालेनको प्रधानमन्त्रीत्वमा अन्तरिम सरकार गठन हुन्छ। हिम्मत गर बालेन शाह !! जनता तिम्रो साथमा छन्।” उनको पोस्टसँगै #balenshah ह्यासट्याग पनि ट्रेन्डमा देखिन थालेको छ।

जेनजी आन्दोलनको नेतृत्व बालेन शाहको प्रभावमा भएको बताइन्छ। प्रदर्शन व्यवस्थापनका क्रममा महानगरपालिकाको प्रहरी समेत सक्रिय देखिएको थियो, जसलाई धेरैले मेयरको प्रत्यक्ष निर्देशनसँग जोडेर व्याख्या गर्न थालेका छन्।

राजधानीमा भएको ठूलो मानवीय क्षति र विपक्षीको निरन्तर दबाबबीच बालेनको नाम प्रधानमन्त्रीको चर्चासँग जोडिनु अहिलेको राजनीतिक समीकरणमा नयाँ तरंग ल्याएको छ। तर, यस्तो प्रस्तावलाई औपचारिक मान्यता दिन राजनीतिक दलहरू तयार हुन्छन् कि हुँदैनन् भन्ने प्रश्न अझै खुला छ। परिस्थिति कुन दिशातर्फ मोडिन्छ भन्ने विषयमा देशभर चासो बढिरहेको छ।

संम्बधित खबर