समाचार

नेपालमा बाढी र पहिरो प्रभावितलाई भारतद्वारा आपतकालीन राहत सामग्री हस्तान्तरण

नेपालमा बाढी र पहिरो प्रभावितलाई भारतद्वारा आपतकालीन राहत सामग्री हस्तान्तरण

हालै नेपालमा आएको बाढी र पहिरोबाट प्रभावित परिवारका लागि भारत सरकारले आपतकालीन राहत सामग्री उपलब्ध गराएको छ। भारतका द्वितीय सचिव श्री नारायण सिंहले भारत सरकारका तर्फबाट बाँकेका प्रमुख जिल्ला अधिकारी श्री खगेन्द्र प्रसाद रिजाललाई उक्त राहत सामग्री हस्तान्तरण गर्नुभएको हो।

उक्त खेपमा ४.२ टनको मानविय सहायता सामग्री समावेश गरिएको छ, जसमा टारपोलिन, स्लीपिङ्ग ब्याग, कम्बल, क्लोरिन ट्याब्लेट र पानीका बोतल रहेका छन्। यी सामग्री नेपालगन्जमा भारतबाट ल्याइएका हुन्। साथै, भारत सरकारले अन्य सरसफाईका सामग्री, औषधी तथा थप राहत सामग्री पनि व्यवस्था गरिरहेको छ, जुन छिट्टै नेपालमा उपलब्ध गराइनेछ।

भारतले संकटको समयमा छिमेकी मुलुक र अन्य देशहरूलाई सधैं पहिलो रेस्पोन्डरको रुपमा सहयोग गर्दै आएको छ। २०७२ सालको भूकम्पपछि "अपरेशन मैत्री" मार्फत सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय विपद् राहत अभियान सञ्चालन गर्दै नेपाललाई तत्कालै सहयोग गरेको थियो। त्यसैगरी, २०८० सालको जाजरकोट भूकम्पपछि पनि राहत सामग्री प्रदान गरिएको थियो।

भारत सरकार नेपालमा हालैको बाढी र पहिरोले निम्त्याएको विनाशमा नेपाल सरकारलाई हरसम्भव सहयोग गर्न सदैव तयार रहेको प्रतिबद्धता व्यक्त गरेको छ।