समाचार

इलाम २ को उपचुनाव : सत्ता गठबन्धनबीच नै विश्‍वासको संकट

इलाम २ को उपचुनाव : सत्ता गठबन्धनबीच नै विश्‍वासको संकट

काठमाडौं- प्रधानमन्त्री प्रचण्डले आफ्नो सहजता र उत्तरको दबाबमा बनाएको नयाँ समीकरण सकंटमा परेको छ। राष्ट्रिय सभा निर्वाचन, विश्‍वासको मत र इलाम - २ को उपनिर्वाचनका विषयलाई प्याकेजमै सहमति गरेर जाने विषयमा नेकपा एकीकृत समाजवादीले माग राखे पनि त्यो स्थिति सिर्जना हुन सकेको छैन।

प्रधानमन्त्री प्रचण्डले आफ्ना भाई नारायण दाहाललाई राष्ट्रिय सभाको अध्यक्ष बनाइसकेपछि आफ्नो सीट सुरक्षित गर्न विश्‍वासको मत लिन थालेपछि सत्तामा रहेका दलहरु झस्किएका छन्। जसका कारण नेकपा एकीकृत समाजवादीले त लिखित सहमति नै माग गरेको छ।

त्यसैगरी इलाम -२ मा नेकपा एमाले र नेकपा माओवादीका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीले झलनाथ खनाललाई उम्मेदवार बनाउने प्रतिबद्धतापछि मात्रै सत्तामा सामेल भए पनि हाल भने नेकपा एमालेले अलगै उम्मेदवार उठाउने गरी तयारी थालेको हो।

त्यसैगरी सत्ता गठबन्धनमा नै रहेको अर्को दल राष्ट्रिय स्वतन्त्र पार्टीले पनि आफू एक्लै चुनावमा जाने तयारी गरेपछि नेकपा एस थप असन्तुष्ट बनेको हो। सत्तामा पनि रोजेको मन्त्रालय नपाएको नेकपा एसले सरकारमा रहने र प्रधानमन्त्रीलाई विश्‍वासको मत दिनसक्ने स्थिति नरहेको निष्कर्ष निकालेको छ।

नेकपा एसले आफूलाई ओली र प्रचण्डले फेरि धोका दिएको निष्कर्ष निकाल्दै सरकारबाट बाहिरिने विषयमा छलफल गर्ने र चाँडै निर्णयमा पुग्‍ने बताइहेका छन्। त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले पनि अहिलेको गठबन्धनविरुद्ध नै इलाम-२ मा उम्मेदवारी दिने भएपछि ओली र प्रचण्ड नै झस्किएका छन्।

त्यसैगरी नेकपा एमालेबाट सुवास नेम्वाङका छोरालाई उम्मेदवार बनाउने भनिए पनि रास्वपाले नै उनलाई उम्मेदवार बनाउने गरी तयारी थालेपछि सत्तामा रहेका दलहरुबीच नै विश्‍वासको संकट सिर्जना भएको छ। जसका कारण सत्ता समीकरण नै लामो समय चल्‍न नसक्ने विश्लेषणहरु भइरका छन्।