ताइवान चीनको अविभाज्य अंग : परराष्ट्र मन्त्रालय
परराष्ट्र मन्त्रालयले नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव सफलतापूर्वक सम्पन्न भएको जनाएको छ । दुबै मुलुकले गत वर्ष सन् २०२५ मा कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव विविध कार्यक्रमको आयोजना गरेर सफलतापूर्वक सम्पन्न गरेका हुन् ।
परराष्ट्र मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा दुई देशबीचको नजिकको पारस्परिक सम्बन्ध, शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त, पुरानो मित्रता र आपसी संवेदनाप्रतिको सम्मानमा आधारित रहेको उल्लेख छ ।
नेपालले एक चीन सिद्धान्तको पूर्ण समर्थन गर्दै ताइवान चीनको अविभाज्य अंग भएको तथ्यलाई दोहोर्याइएको छ । उता काठमाडौंस्थित चिनियाँ दूतावासले पनि पुस १२ गते राजधानीमा एक विशेष कार्यक्रमको आयोजना गरेर कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव सफलतापूर्वक सम्पन्न भएको जनाएको थियो ।
यसबीच नेपाल चाइना मिडिया फोरमले साढे ३ सय पृष्ठमा समेटिएको दुई देशको सम्वन्धका विविध आयाम झल्कने पुस्तक प्रकाशन गरेको छ भने दूतावासको सौजन्यमा नेपाली पर्यटन व्यवसायी र सन्चारकर्मीका लागि चिनियाँ भाषा तालिम पनि चलाइएको छ ।
दुई साताअघि मात्रै पनि चौथो नेपाल चाइना सञ्चार सम्मेलन सम्पन्न भएको छ । यसबीच हिमालय क्षेत्रको सांस्कृतिक तथा सिर्जनात्मक उत्पादन प्रवद्र्धन गर्ने उद्देश्यसहित ‘विश्व अमूर्त सांस्कृतिक धरोहर’ प्रदर्शन र सिजाङ सांस्कृतिक सप्ताह मनाइएको छ ।
पछिलो एक वर्षमा सो अवसरमा विभिन्न सांस्कृतिक प्रदर्शनी,खेलकुद, कूटनीतिक स्वागत कार्यक्रम र अन्य सहभागितामूलक कार्यक्रमहरू समेत आयोजना गरिएको थियो ।
ताइवान चीन