उपेन्द्र यादवको चर्को विरोध पछि जसपा सरकारमा नजाने संकेत, सांसदहरुले दिए विद्रोहको धम्की ! 

उपेन्द्र यादवको चर्को विरोध पछि जसपा सरकारमा नजाने संकेत, सांसदहरुले दिए विद्रोहको धम्की ! 
  • अनिल तिवारी

काठमाडौं- नयाँ गठबन्धन गठन भएको दुई दिन नबित्दै सरकार संकटमा पर्ने संकेत देखिन थालिएको छ ।सरकारमा सहभागिताको लागी मन्त्रिमण्डलको बाँडफाँड सन्तुलित नहुने भएपछि सरकारमा जानबाट उपेन्द्र यादव तत्कालका लागी पछि हटेको जसपाका एक नेताले दाबी गरेका छन् । 

जनता समाजवादी पार्टीको बुधबार बसेको बहुमत कार्यकारिणी सदस्य तथा सांसदहरुले विद्रोहको धम्की दिएपछि यादव पछि हटेका एक केन्द्रीय नेताले बताए । सरकारमा सहभागिताको लागी मन्त्री चयनका लागि अध्यक्ष उपेन्द्र यादवले डाकेको बैठकमा बहुमत सांसदहरुले एमाले र माओवादी सहितको गठबन्धनमा सहभागिताको विरोध गर्दै विद्रोहको धम्की दिएको कारण अध्यक्ष यादव पछि हट्न वाध्य भएका समाचार श्रोतको दाबी छ । 

उपप्रधानमन्त्री तथा विदेशमन्त्रीको लोभमा वाम गठबन्धनमा अध्यक्ष आफै जान खोजेको आरोप उपेन्द्र यादव माथि लागेको छ ।'उपेन्द्र यादवले ‘बैठकको विरोधमा अध्यक्ष यादव गए पार्टी उनको नियन्त्रण भन्दा बाहिर जाने स्पष्ट संकेत देखिएको छ’ बैठकमा सहभागी एक नेताले बताउदै भने। उनका अनुसार ‘यो गठबन्धनको विरोधमा ८ देखि १० सांसदहरु रहेका छन ,त्यसकारण पार्टीलाई जोगाउन उपेन्द्र यादव व्याक हुने निश्चित छ, नभए पार्टीको अध्यक्ष अरू कोही बन्ने अवस्था सिर्जना भएको छ।’

सत्ता मोहको आरोप लगाउदै अध्यक्ष यादव माथि पार्टीका प्रभावशाली नेता तथा सांसदहरुले विद्रोहको धम्की दिएका छन । त्यसपछि उनी तत्कालका लागि पछि हटेका छन् । नयाँ गठबन्धनमा सामेल हुन खोजेको जसपा सँग १२ सांसद छन् । 

जसपाले साथ नदिए प्रचण्डलाई बहुमत पुग्न मुस्किल पर्न सक्छ ।

संम्बधित खबर