समाचार

अब माओवादी केन्द्र र रास्वपा पार्टी एकीकरण

अब माओवादी केन्द्र र रास्वपा पार्टी एकीकरण

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि (शरण) लामिछाने वचनका पक्का देखिएका छन्। उनले निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाललाई ‘जीवनभर तपाईंको साथमा रहन्छु’ भनेर दिएको वचनको पालना गर्दै प्रचण्डलाई विश्वासको मत दिएका हुन्।

चितवनबाट निर्वाचन जितेपछि लामिछानेसित दोहोरो राहदानी भएको खुलासा भयो। यो मुद्धामा लामिछानेले हारेको खण्डमा दोस्रो पटक निर्वाचनमा उठ्न नै पाउँदैनथे। महान्यायाधिवक्ता दीनवन्धु पोख्रेलको साथ पाएर लामिछानेसित भएको राहदानीमा ‘वतन प्रष्ट नखुलेको’ महान्यायाधिवक्ताको रायपछि उनले पुनः निर्वाचनमा उठ्न पाए र, जिते पनि।

आफू दोषी ठहर हुने र मुद्धा हार्ने पक्का भएपछि लामिछाने प्रचण्ड गुहार्न पुगे। र, प्रचण्डले महान्यायाधिवक्ता पोख्रेललाई भनेर यो मुद्धा कमजोर बनाए। यसरी प्रचण्डले लगाएको गुन तिर्नकै लागि जम्मा ६३ मतमात्र पाउने प्रचण्डको पक्षमा रास्वपाले भोट दिएको बुझिएको छ। यसले लामिछाने ‘वचनका पक्का’ भएको देखाउँछ।

अब माओवादी केन्द्र र रास्वपा पार्टी एकीकरणको चर्चा पनि भइरहेको छ। तर, कहिले गर्ने हो, त्यसको भने टुङ्गो लागिसकेको छैन।