विचार

"सुख-दुःखको सूत्र: हाम्रो हातमा जीवनको चाबी"

"सुख-दुःखको सूत्र: हाम्रो हातमा जीवनको चाबी"

रामप्रसाद रिजाल


मलाई आज अचम्मको ज्ञान प्राप्त भयो: सुख, दुःख, शान्ति, अशान्ति सबै हाम्रो आफ्नै हातमा छन्। आफ्नो जीवनलाई कसरी बिताउने र कस्तो बनाउने भन्ने कुरा पनि हाम्रो हातमा छ। सुख र दुःखका कारणहरू हाम्रो आफ्नै क्रियाकलापमा निर्भर गर्छन्।

हामी किन दुःखी हुन्छौँ?

  • हामी किन रोगी हुन्छौँ?
  • हामी किन सुखी हुन्छौँ?
  • हामी कसैको शत्रु बन्छौँ?
  • कसैको मित्र बन्छौँ?

यी सबैको कारण हामी आफैँ हौं। दुःखका कारण लोभ, डाहा, कुण्ठा, अहंकार, घृणा, रिस, कुविचार, र खराब आचरण हुन्। यी सबैलाई त्याग्नुहोस्, अनि तपाईंको जीवन स्वर्ग समान हुनेछ। यदि यी विषाक्त चीजहरूलाई अँगाल्नुभयो भने, तपाईंको जीवन नरक बन्छ। वास्तवमा, स्वर्ग र नरक तपाईं आफैँसँगै छन्।

जीवनमा सुखी रहनका उपाय

हामी किन दुःखी भैरहेका छौँ? किन हाम्रो जीवनमा खुसी रहन सकेका छैनौं भने हामी सधैं नकारात्मक कुराहरू सोचिरहेका छौँ। अरूको प्रगति र उन्नतिमा हामी जलिरहेका छौँ, त्यसैले हामीलाई रोगी र दुःखी बनाइरहेको छ। अरूको खुसीमा र प्रगतिमा रमाउनुहोस्। अरूको दुःखमा सहयोगी बन्नुहोस्। तपाईंलाई कहिले दुःख हुनेछैन। हामी अरू खुसी हुँदा जल्छौं र दुःखी हुँदा रमाउँछौं। यही हाम्रो जीवनको मुख्य रोग वा शत्रु हो, जसले हामीलाई सधैं अशान्त बनाउँछ। हाम्रो जीवनलाई नरक बनाइरहेको छ, रोगी बनाइरहेको छ। हाम्रो व्यवहार र बोलीले नै मान्छे हाम्रो शत्रु वा मित्रु बन्छ।

थोरै बोल्न र सुन्नुको महत्व

थोरै बोल्नुहोस्, आफू अरूको कुरा सुन्नुहोस्। यसले तपाईलाई आफूमाभएका कमजोरीहरू बाहिर आउँदैन। यसबाट तपाईंले अरूको कमजोरी थाहा पाउन सक्नुहुन्छ र अरूको ज्ञान पनि लिन सक्नुहुन्छ। यदि कोही मान्छे तपाईंसँग झगडा गर्न आउँछ भने, तपाईं उसको कुरा सुन्नुहोस्। केही उसँग प्रश्नोत्तर नगर्नुहोस्। ऊ आफैँ बोल्दै थाकेर जान्छ। आइन्दा यस्ता विषाक्त मानिसहरू तपाईंको छेउमै पर्दैनन्। यस्ता विषाक्त मान्छेसँग जम्काभेट भयो भने बोल्नै पर्यो भने ऊ बरबराउँछ। तपाईं उसको प्रश्नको उत्तर दिनुहोस्। 'Yes', 'No', 'Yes', 'No' मात्र भन्नुहोस्। ऊ आफैँ थाक्छ अनि भाग्छ।

सहनशीलता र धैर्यताको महत्त्व

तपाईंलाई जीवनमा दुःख भयो भने नडराउनुहोस्, नआत्तिनुहोस्। त्यो तपाईंको सहनशीलता र धैर्यताको मापन हो। हाँसी-हाँसी रमाउनुहोस् र भन्नुहोस्, "जे हुन्छ राम्रो हुन्छ।" त्यसपछि तपाईंको जीवनमा सुख आउँछ। सृष्टिकर्ताले तपाईंको परीक्षण गरिरहनुभएको हुन्छ, कहिले सुख दिएर, कहिले दुःख दिएर। हामी सबैको परीक्षण भैरहेको हुन्छ। सुख भयो, शान्ति भयो भनेर नमात्तिनुहोस्। यो पनि क्षणिक हो। सुख-दुःख हाम्रो जीवनमा आइरहन्छन्। यसलाई स्वीकार्नुहोस्।

हामी जीवनमा सुख-दुःख पाइरहेका हुन्छौं, त्यसको कारक हामी नै हो। तपाईं कुनै परीक्षा वा प्रतियोगितामा वा चुनावमा असफल हुनुभयो वा पराजय हुनुभयो भने रमाउनुहोस्, खुसी हुनुहोस्। "जे भयो राम्रैको लागि भयो।" यसले तपाईंलाई हारको महसुस हुदैन। जसले तपाईंलाई जितेको छ, तपाईंको गतिविधिले त्यो जित्ने वा तपाईंलाई हराउने व्यक्तिलाई विजयको जीतको महसुस हुदैन।

जीवनमा सन्तुलन राख्नका लागि

अर्को तपाईंलाई पराजय गर्ने मान्छे, तपाईंको खुसी देख्न नसक्ने प्रवृत्तिका व्यक्तिहरू खुसी हुन्छन्। त्यसैले सधैं हाँसी रहनुहोस्। सुख-दुःखमा उस्तै तरिकाले रमाउनुहोस्। आफूसँग जे छ, त्यसमा रमाउनुहोस्। सुख-खुसी बाँड्नुस्, दोब्बर हुन्छ। दुःख पनि बाँड्नुस्, आधा दुःख कम हुन्छ।

तपाईंको जीवनमा प्राप्त भएका यी सबै कुराहरू: पद, प्रतिष्ठा, मान, सम्मान, पैसा, धन सम्पत्ति, दौलत, गरिबी, अभाव, सुख, दुःख, शान्ति, अशान्ति, सबै क्षणिक हुन्।


यो लेखले हामीलाई सिकाउँछ कि जीवनको नियन्त्रण हाम्रो आफ्नै हातमा छ। सन्तुलित दृष्टिकोण राखेर हामीले जीवनलाई स्वर्ग वा नरक बनाउने निर्णय गर्न सक्छौं।