समाचार

नेपाली चेलीले बेलायतबाट ल्याइन् रामकथा प्रवचन, पशुपतिनाथमा विशेष कार्यक्रम!

नेपाली चेलीले बेलायतबाट ल्याइन् रामकथा प्रवचन, पशुपतिनाथमा विशेष कार्यक्रम!

नेपाली चेली चन्द्रकला सखी (सृष्टि अधिकारी) द्वारा बेलायतमा सुरु गरिएको रामकथा (रामचरित मानस) प्रवचन कार्यक्रम अब पशुपतिनाथ परिसरमा पनि हुने भएको छ। २६ वर्षीय चन्द्रकला, जसको स्थायी ठेगाना काठमाडौं हो, लामो समयदेखि बेलायतमा बस्दै आएकी छिन् र अंग्रेजी भाषामा रामकथाको प्रवचन गर्दै आएकी छिन्।

यो कार्यक्रम केवल धार्मिक गतिविधिमा सीमित नभई, समाजमा नैतिक शिक्षाको प्रबर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो। पुर्ब सचिब भिम उपाध्यायको फेसबुक पोस्टमा, उनले भनेका छन्, "नेपाली चेली काठमाण्डौ स्थायी ठेगाना भएकी २६ वर्षीय चन्द्रकला सखी (सृष्टि अधिकारी) बेलायतमा बसी अंग्रेजीबाट रामकथा (रामचरित मानस) प्रवचन दिँदै आएकी थिईन् । पशुपतिनाथ परिसरमा सञ्चालित प्रवचन कार्यक्रममा पनि उनको प्रस्तुति हुने भएको छ । तर ग्वॉजेहरूलाई फेरि अब निद्रा नपर्ने होला! ती फेरि छाद्ने होलान्। "

चन्द्रकला सखीको प्रवचनले विशेषत: युवापुस्तामा नैतिक शिक्षाको महत्त्वबारे जागरुकता फैलाउनेछ। कार्यक्रमले मानिसहरुलाई धार्मिक र नैतिक मूल्यमान्यताहरुको पालना गर्न प्रेरित गर्नेछ। साथै, यो कार्यक्रम समाजमा सदाचार र नैतिकताको विकासमा टेवा पुर्याउने विश्वास गरिएको छ।

समाजमा धार्मिक कार्यक्रमहरु, जस्तै रामकथा प्रवचन, नैतिक शिक्षाको प्रभावकारी माध्यम हुन्। यस्ता कार्यक्रमहरुले मानिसहरुलाई साँचो अर्थमा जीवन जिउने कला सिकाउँछन् र समाजमा सकारात्मक परिवर्तन ल्याउन सहयोग गर्छन्।

पशुपतिनाथ परिसरमा हुने यो कार्यक्रमले नेपाली समाजमा धार्मिक तथा नैतिक शिक्षा प्रसारमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

देवी प्रतिभा जी