चिनियाँ मामिलामा विज्ञ भारतीय कूटनीतिज्ञ सैनिक विमानमा काठमाडौं आइपुग्नुभयो

चिनियाँ मामिलामा विज्ञ भारतीय कूटनीतिज्ञ सैनिक विमानमा काठमाडौं आइपुग्नुभयो

भारतका विदेश सचिव श्री विक्रम मिस्री श्रावण २७ गते काठमाडौं आइपुग्नुभएको छ। उहाँको यो भ्रमण २७ र २८ गतेसम्मको लागि तय भएको छ। नेपालका परराष्ट्र सचिव  सेवा लम्सालले उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा न्यानो स्वागत गर्नुभएको छ।

विक्रम मिस्री भारतीय ब्यूरोक्रेसीमा चिनियाँ मामिलाका विज्ञ कूटनीतिज्ञका रूपमा परिचित हुनुहुन्छ। उहाँको यो भ्रमण नेपाल–भारत द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले भएको बताइएको छ। यो भ्रमण भारतको छिमेकी पहिलो नीतिप्रतिको प्रतिबद्धतालाई पुनः पुष्टि गर्ने प्रयास हो। 

मिस्रीको यो भ्रमणले नेपाल–भारतबीचको नियमित उच्चस्तरीय द्विपक्षीय आदानप्रदानको परम्परालाई निरन्तरता दिएको छ। भ्रमणका क्रममा विभिन्न द्विपक्षीय मुद्दामा छलफल हुने अपेक्षा गरिएको छ। 

भारत सरकारको विदेश मन्त्रालय र नेपाल सरकारको परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरूले यस भ्रमणलाई अत्यन्त महत्त्वपूर्ण ठहर गरेका छन्।

विक्रम मिस्री

संम्बधित खबर