जिबी राई र छविलाल जोशीसँग रवि लामिछानेको गुप्त साझेदारी: जान्नुस् पूरा विवरण!

जिबी राई र छविलाल जोशीसँग रवि लामिछानेको गुप्त साझेदारी: जान्नुस् पूरा विवरण!

सहकारी घोटालामा संलग्नता अस्वीकार गर्दै आएका रवि लामिछानेको जिबी राईसँगको बैंकिङ्ग कारोबारबारे नयाँ तथ्य फेला परेको छ। जना आस्थाका अनुसार, लामिछानेले जिबी राई र छविलाल जोशीसँग मिलेर ग्लोबल आइएमई बैंकमा ‘गोरखा मिडिया नेटवर्क प्रालि’को नाममा संयुक्त खाता खोलेका थिए। यो खाता खोल्ने क्रममा तीन जनाले केवाइसी (KYC) फारमसमेत भरेका थिए।

गोरखा मिडिया नेटवर्क प्रालिका अध्यक्ष गितेन्द्रबाबु राई (जिबी)ले देशका विभिन्न शहरमा सहकारी खोलेर सर्वसाधारणको बचत रकम गैरकानुनी रूपमा उक्त कम्पनीमा ल्याएको आरोप लाग्दै आएको छ। सोही समयमा लामिछाने ग्यालेक्सी टेलिभिजनको प्रबन्ध निर्देशक थिए। तर, लामिछानेले आफूले कुनै ऋण नलिएको र आर्थिक कारोबारमा संलग्नता नभएको दाबी गर्दै आएका थिए।

ग्लोबल आइएमई बैंकमा खोलिएको संयुक्त खातामा लामिछानेको संलग्नता रहेको प्रमाण भेटिएपछि यस प्रकरणले थप चर्चा पाएको छ। तीन जनाले संयुक्तरूपमा खाता खोलेर सहकारीको रकम ग्यालेक्सी टेलिभिजनमा लगानी गरेको आशंका गरिएको छ।

प्रहरी स्रोतका अनुसार, यो खाता खोल्दा तीनै जनाले बैंकका नियमहरू पालना गर्ने मञ्जुरीनामामा हस्ताक्षर गरेका थिए। हालसम्म खातामा कति रकम जम्मा भयो र कुन–कुन मितिमा कसले रकम निकालेर लग्यो भन्नेबारे थप अनुसन्धान भइरहेको छ।

रवि लामिछानेले यसअघि पनि सहकारी घोटालासम्बन्धी आरोपहरू खण्डन गर्दै आएका थिए। तर, यो नयाँ तथ्यले उनका दाबीहरूलाई थप चुनौती दिएको छ। प्रहरी अधिकारीहरूले यसबारे थप अनुसन्धान गर्दै छन्, जसबाट बाँकी धेरै कुरा खुल्ने अपेक्षा गरिएको छ।

संम्बधित खबर