समाचार

मन्त्री अजय कुमार चौरसियाले गरे महिलाको उद्यमशीलता तालिमको उद्घाटन

मन्त्री अजय कुमार चौरसियाले गरे महिलाको उद्यमशीलता तालिमको उद्घाटन

 

ललितपुरमा सानो पाइलाद्वारा संचालित स्कुल अफ वुमन्स अन्टरप्रेनरसिप परियोजना अन्तर्गत हस्तनिर्मित गरगहना बनाउने तालिमको आज औपचारिक उद्घाटन भएको छ। उद्घाटन समारोहमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले प्रमुख अतिथिको रूपमा सहभागी भएर तालिममा महिलाहरूलाई उद्यमी बनाउने सानो पाइलाको प्रयासको प्रशंसा गर्नुभयो।

उहाँले सानो पाइलाको यस प्रयासले महिलाहरूलाई आत्मनिर्भर र स्वाबलम्बी बनाउने विश्वास व्यक्त गर्नुभयो। मन्त्री चौरसियाले सानो पाइलाले समाजमा देखाएको उदाहरणीय कार्यहरूको चर्चा गर्दै, यो तालिमले प्रशिक्षार्थी महिलाहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने कुरामा दृढ विश्वास व्यक्त गर्नुभयो।

प्रदेश सांसद श्याम पटेलले कोरोनाकालमा सानो पाइलाले गरेको अद्वितीय कामको प्रशंसा गर्दै यो तालिमले महिलाहरूलाई प्रमाणपत्र मात्र होइन, स्वाबलम्बी पनि बनाउनेमा आफू विश्वस्त रहेको बताउनुभयो। नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष कमला श्रेष्ठले पनि सानो पाइलाको प्रयासमा आफ्नो व्यक्तिगत र संस्थागत सहयोग रहने बताउनुभयो।

सानो पाइलाका संस्थापक अध्यक्ष कञ्चन झाले संस्थाको स्थापनाको इतिहासबारे चर्चा गर्दै सानो पाइलाले महिलाहरूको उन्नति-प्रगतिमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। कार्यक्रमको अन्त्यमा प्रमुख अतिथिहरूले प्रशिक्षार्थीहरूले बनाएका गहनाहरूको प्रदर्शनीको अवलोकन गर्नुभयो।

यो तालिमले महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्य राखेको छ, जसले उनीहरूलाई उद्यमशीलताको मार्गमा अघि बढ्न प्रेरित गर्नेछ।