नेपाल टेलिकममा चरम अनियमितता: नाफा घट्ने क्रम तिब्र, आगामी वर्षहरूमा घाटामा जाने सम्भावना

नेपाल टेलिकममा चरम अनियमितता: नाफा घट्ने क्रम तिब्र, आगामी वर्षहरूमा घाटामा जाने सम्भावना

नेपाल टेलिकम पछिल्ला वर्षहरूमा भ्रष्टाचार र अनियमितताको केन्द्र बनेको छ। विशेषगरी चिनियाँ संलग्नता र कमजोर शीर्ष व्यवस्थापनका कारण कम्पनीको मुनाफामा भारी गिरावट आएको छ। कमजोर शीर्ष व्यवस्थापनले कम्पनीको नाफा वृद्धि गर्न असमर्थ भएको कारण आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरणले स्पष्ट संकेत गरेको छ।

आयमा गिरावट: सार्वजनिक भएको वित्तीय विवरण अनुसार, चालु आर्थिक वर्षमा नेपाल टेलिकमको कुल आय रु. ४१ अर्ब ६१ करोड ७१ लाख मात्र भएको छ, जुन अघिल्लो वर्षको रु. ४४ अर्ब ४२ करोड ३६ लाखको तुलनामा रु. २ अर्ब ८० करोडले कमी भएको हो। यस आर्थिक वर्षको कुल सञ्चालन आय रु. ३४ अर्ब ४६ करोड मात्र रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा ४.९९ प्रतिशतले घटेको छ।

मुनाफामा गिरावट: नेपाल टेलिकमको खुद मुनाफा यस आर्थिक वर्षमा रु. ६ अर्ब ६१ करोड मात्र रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा १६.४४ प्रतिशतले घटेको छ। कर अघिको मुनाफा पनि ३.९१ प्रतिशतले घटेर रु. ११ अर्ब ३७ करोडमा पुगेको छ। कम्पनीको प्रति शेयर आम्दानी रु. ३६.७७ मात्र रहेको छ।

गिरावटका कारणहरू:

१. आईपी सेवाको बढ्दो प्रयोग: अन्तर्राष्ट्रिय सेवाको आयमा करिब रु. १ अर्ब ४३ करोडले कमी आएको छ, जसमा आईपी सेवाको प्रयोगले नकारात्मक प्रभाव पारेको छ।

२. उच्च लागत: विकट तथा दुर्गम स्थानमा सेवा विस्तार र गुणस्तर सुधारमा बढी लागत खर्च गरिँदा पनि न्यून प्रतिफल आएको छ।

३. सेवा दरको परिवर्तन: सेवाको दररेट निर्धारण सम्बन्धी परिवर्तनले राजस्वमा प्रतिकूल असर गरेको छ।

४. कम लागतमा ब्याण्डविथ खरिद: बिगत वर्षभन्दा कम दरमा ब्याण्डविथ खरिद गरिएकाले सेवा सञ्चालन खर्चमा कमी आएको छ।

५. पेन्सन योजना लागू: चालु आर्थिक वर्षदेखि लागू गरिएको योगदानमा आधारित पेन्सन योजनाले वित्तीय खर्चमा वृद्धि गरेको छ।

६. आर्थिक स्रोतको व्यवस्थापन कठिनाई: एनटीसीको अनुमति पत्रको तेस्रो नवीकरण शुल्कको भुक्तानीमा कठिनाई भई बैंकको मुद्दती निक्षेप फुकुवा गर्नुपरेकोले रु. १ अर्ब २९ करोडको कमी आएको छ।

नेपाल टेलिकमको शीर्ष व्यवस्थापनको अक्षमता र चिनियाँ संलग्नताको असरले कम्पनीको वित्तीय स्थिति कमजोर बनाउँदै लगेको छ। यसले आगामी दिनमा अझै चुनौती थप्न सक्छ। हालका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) लामो समय प्रमुख व्यावसायिक अधिकृत (Chief Commercial Officer)को रूपमा कार्यरत थिइन्। उच्च पदमा रहेर पनि नाफा  कम गर्नेमा उनको भूमिका प्रमुख रहेको बताइन्छ। कर्मचारी युनियनका पदाधिकारीहरूका अनुसार, उनी पनि अघिल्ला प्रबन्ध निर्देशकहरूझैं भ्रष्टाचारमा संलग्न हुन सक्ने सम्भावना रहेकोले खबरदारी गर्नुपर्ने आवश्यकता रहेको छ।

संम्बधित खबर