समाचार अर्थ

युरो र पाउन्ड आकाशिँदा, नेपाली उपभोक्ताको खरिदशक्ति खस्किँदै!

युरो र पाउन्ड आकाशिँदा, नेपाली उपभोक्ताको खरिदशक्ति खस्किँदै!

नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ८२ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४२ पैसा कायम भएको छ। यससँगै प्रमुख अन्तर्राष्ट्रिय मुद्राहरूको मूल्यमा सन्तुलित उतार–चढाव देखिएको छ।

केन्द्रीय बैंकले प्रकाशित दरअनुसार युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १६५ रुपैयाँ २६ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १९० रुपैयाँ १७ पैसा र बिक्रीदर १९० रुपैयाँ ९८ पैसा तोकिएको छ। त्यस्तै, स्वीस फ्र्याङ्क एकको खरिददर १७५ रुपैयाँ ९० पैसा र बिक्रीदर १७६ रुपैयाँ ६५ पैसा निर्धारण भएको छ।

अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ १० पैसा र बिक्रीदर ९२ रुपैयाँ ५० पैसा, क्यानाडियन डलर एकको खरिददर १०२ रुपैयाँ ४५ पैसा र बिक्रीदर १०२ रुपैयाँ ८९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ७० पैसा र बिक्रीदर ११० रुपैयाँ १७ पैसा रहेको छ। जापानी येन १० को खरिददर नौ रुपैयाँ ५८ पैसा र बिक्रीदर नौ रुपैयाँ ६२ पैसा कायम गरिएको छ भने चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ७५ पैसा र बिक्रीदर १९ रुपैयाँ ८३ पैसा तय भएको छ।

मध्यपूर्वका प्रमुख मुद्रामा साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६९ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६९ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५१ पैसा निर्धारण गरिएको छ। त्यस्तै, कुवेती दिनार एकको खरिददर ४६० रुपैयाँ ९५ पैसा र बिक्रीदर ४६२ रुपैयाँ ९१ पैसा, बहराइन दिनार एकको खरिददर ३७३ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३७५ रुपैयाँ १२ पैसा, ओमनी रियाल एकको खरिददर ३६६ रुपैयाँ २४ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ८० पैसा कायम भएको छ।

एसियाली मुद्रामा थाई भाट एकको खरिददर चार रुपैयाँ ३६ पैसा र बिक्रीदर चार रुपैयाँ ३८ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४७ पैसा, साउथ कोरियन वन सयको खरिददर १० रुपैयाँ १४ पैसा र बिक्रीदर १० रुपैयाँ १८ पैसा निर्धारण गरिएको छ। यस्तै, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४ रुपैयाँ ९५ पैसा, डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ५ पैसा र बिक्रीदर २२ रुपैयाँ १४ पैसा र हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ६ पैसा र बिक्रीदर १८ रुपैयाँ १४ पैसा तोकिएको छ।

नेपाल–भारत व्यापारमा महत्त्वपूर्ण भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम भएको छ।

राष्ट्र बैंकले तोकेको विनिमय दर वाणिज्य बैंकहरूले तोक्ने दरसँग फरक हुन सक्ने जनाइएको छ। आवश्यकताअनुसार विनिमय दर जुनसुकै समयमा संशोधन गर्न सकिने र अद्यावधिक दर बैंकको वेबसाइटमार्फत उपलब्ध हुने व्यवस्था गरिएको छ।

अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलर अझै बलियो मुद्राको रूपमा कायम रहँदा युरो, पाउन्ड र क्षेत्रीय मुद्रामा उतारचढाव देखिनु नेपालको आयात–निर्यात तथा वैदेशिक रोजगारीबाट हुने भुक्तानीमा प्रत्यक्ष असर पार्ने सम्भावना रहन्छ। यही कारण विनिमय दरको स्थायित्वले अर्थतन्त्रमा कस्तो प्रभाव पार्छ भन्नेबारे चासो बढिरहेको छ।