भारत भ्रमणमा नेपालकी परराष्ट्रमन्त्री आरजु राणा देउवालाई न्यानो स्वागत

भारत भ्रमणमा नेपालकी परराष्ट्रमन्त्री आरजु राणा देउवालाई न्यानो स्वागत

नयाँ दिल्ली - नेपालकी परराष्ट्रमन्त्री आरजु राणा देउवा आफ्नो औपचारिक भ्रमणका क्रममा आज भारतको राजधानी नयाँ दिल्ली आइपुग्नुभएको छ। उहाँलाई भारतीय दूतावासले न्यानो स्वागत गर्दै दुई देशबीचको घनिष्ठ सम्बन्धलाई पुनः सुदृढ बनाउन यस भ्रमणको महत्त्वपूर्ण रहेको बताएको छ।

भारतीय दूतावासले आफ्नो फेसबुक पेज मार्फत परराष्ट्रमन्त्री देउवालाई स्वागत गर्दै यो भ्रमणले भारत-नेपालबीचको नियमित उच्चस्तरीय द्विपक्षीय आदानप्रदानको परम्परालाई निरन्तरता दिएको जनाएको छ। साथै, दुई देशबीचको विशिष्ट एवम् घनिष्ठ सम्बन्धलाई यसले थप प्रमाणित गरेको उल्लेख गरिएको छ।

आरजु राणा देउवाको यो भ्रमण नेपाल-भारत सम्बन्धलाई नयाँ उचाईमा पुर्याउने अपेक्षा गरिएको छ।

संम्बधित खबर